सोमबार, श्रावण ११,२०८३ 11:30:13
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 11:30:13
Bizshala
Global IME Bank Limited

खाडीमा असुरक्षा चर्किँदै, फर्किन चाहनेको संख्या ६ हजार नाघ्यो

खाडीमा असुरक्षा चर्किँदै, फर्किन चाहनेको संख्या ६ हजार नाघ्यो
New Office

काठमाण्डौ । खाडी मुलुकहरूमा बढ्दो असुरक्षाबीच स्वदेश फर्किन चाहने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। विभिन्न खाडी राष्ट्रमा कार्यरत नेपालीहरूले आफूलाई असुरक्षित महसुस गर्दै नेपाल फर्काइदिन आग्रह गर्ने क्रम तीव्र बनेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म यस्तो आग्रह गर्ने नेपालीको संख्या झन्डै ६ हजार पुगेको छ। ती कामदारहरूले आफ्नो रोजगारीस्थल र बसोबासको वातावरण सुरक्षित नभएको भन्दै सरकारसँग उद्धारको माग गरेका छन्।

सरकारले यस्तो अवस्थालाई गम्भीर रूपमा लिँदै सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासमार्फत अवस्थाको निगरानी बढाएको जनाएको छ। साथै, स्वदेश फर्किन चाहने नागरिकहरूको विवरण संकलन गर्ने र आवश्यक समन्वय गर्ने काम तीव्र पारिएको छ।

अधिकारीहरूका अनुसार खाडी क्षेत्रमा पछिल्ला घटनाक्रम र अस्थिर अवस्थाका कारण नेपाली कामदारमा त्रास बढेको देखिन्छ। यसैका कारण स्वदेश फर्किने माग अचानक बढेको हो।

सरकारले विदेशमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक परे उद्धार प्रक्रिया अगाडि बढाइने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.