काठमाण्डौ । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा अन्नपूर्ण न्यूरो हस्पिटलमा चैत ९ गते उनको निधन भएको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा जिम्मेवारी सम्हालेका आचार्यलाई मस्तिष्काघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।
उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने भएको छ ।

