बुधबार, चैत्र ११,२०८२ 07:19:17
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 07:19:17
Bizshala
Global IME Bank Limited

सार्वजनिक यातायातमा ११.१३% सम्म भाडा बढाउन सिफारिस, लागू नगरे आफैं बढी असुल्ने व्यवसायीको चेतावनी

Hyundai Nepal
सार्वजनिक यातायातमा ११.१३% सम्म भाडा बढाउन सिफारिस, लागू नगरे आफैं बढी असुल्ने व्यवसायीको चेतावनी
Shivam Cement

काठमाण्डौ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरिएको हो ।  

विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार मानेर नयाँ भाडादरको प्रस्ताव तयार पारेको हो । विभागको सिफारिसअनुसार विभिन्न क्षेत्रमा निम्न बमोजिम भाडा वृद्धिको प्रस्ताव गरिएको छ ।  

विभागको सिफारिसमा सार्वजनिक यात्रुवाहक सवारी साधनमा ११.१३ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा १४.२९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ८.८१ प्रतिशत बढाउनुपर्ने उल्लेख छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यता यातायात व्यवसायीहरुले भने सरकारले सार्वजनिक यातायातको भाडा नबढाए आफैं भाडा बढाएर असुल्ने चेतावनी दिइरहेको छ ।  

यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत भाडा बढाउन सिफारिस गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा नबढाएको भन्दै महासंघले यस्तो चेतावनी दिएको हो ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.