बिहीबार, असार ११,२०८३ 10:00:23
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:00:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाडा अटो शो २०२६ मा बीवाईडीको विशेष अफर, १० वर्षसम्म वारेन्टीसहित आकर्षक छुट

Laxmi Sunrise Bank Limited
वाडा अटो शो २०२६ मा बीवाईडीको विशेष अफर, १० वर्षसम्म वारेन्टीसहित आकर्षक छुट

काठमाण्डौ । नेपालका लागि बीवाईडी (BYD) को आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा सुरु भएको वाडा अटो शो २०२६ मा विशेष अफर घोषणा गरेको छ। पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ (चैत ११–१५) सम्म सञ्चालन हुने अटो शोमा कम्पनीले स्टल ए१२ मा आफ्ना विभिन्न इलेक्ट्रिक सवारी साधन प्रदर्शन गरेको जनाएको छ।

कम्पनीले नेपाली बजारमा उपलब्ध बीवाईडीका लोकप्रिय मोडलहरू—एट्टो १, एट्टो २ र एट्टो ३—प्रदर्शनमा राखेको छ। यी गाडीहरू सहरी तथा दैनिक प्रयोगलाई लक्षित गर्दै डिजाइन गरिएका छन्।

New Office
CG Motors
Garima Development Bank

एट्टो १ कम्प्याक्ट र स्मार्ट इन्ट्री-लेभल एसयूभी हो, जुन शहरी गतिशीलताका लागि उपयुक्त मानिन्छ।

एट्टो २ दैनिक प्रयोगका लागि डिजाइन गरिएको कम्फर्टेबल र भर्सटाइल इलेक्ट्रिक एसयूभी हो।

एट्टो ३ भने प्रिमियम सेग्मेन्टमा पर्ने, उच्च प्रविधि र प्रदर्शनयुक्त एसयूभी हो, जसलाई नेपालकै नम्बर १ एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।

अटो शो अवधिभर सीमित समयका लागि ग्राहकलाई विभिन्न आकर्षक अफरहरू प्रदान गरिने कम्पनीले जनाएको छ। सो अफर अन्तर्गतः

ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी

-१ वर्षको निःशुल्क इन्स्योरेन्स

-१ वर्षसम्म सडक दस्तुर छुट

-आकर्षक नगद छुट

-निःशुल्क एसेसरिज

-कम्प्लिमेन्ट्री होम चार्जर

उपलब्ध हुनेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार बीवाईडीका सबै सवारी साधनहरू एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई-प्लेटफर्म ३.० मा आधारित छन्, जसले सुरक्षा, कार्यक्षमता र ऊर्जा दक्षता बढाउने काम गर्छ।

साइमेक्स इंकका एक प्रतिनिधिले काठमाडौं बाहिरका ग्राहकसँग प्रत्यक्ष जोडिने अवसरका रूपमा वाडा अटो शोलाई महत्वपूर्ण प्लेटफर्मका रूपमा लिएको बताएका छन्। उनका अनुसार विशेष अफरमार्फत ग्राहकलाई इलेक्ट्रिक सवारीतर्फ आकर्षित गर्ने र ईभी स्वामित्वलाई सहज बनाउने लक्ष्य कम्पनीको रहेको छ।

अटो शो अवलोकनकर्ताले गाडीको प्रत्यक्ष अवलोकन, विशेषज्ञसँग परामर्श तथा विशेष अफरको लाभ लिन सक्नेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.