Bizshala
  • बुधबार, चैत्र १८,२०८२ 12:36:34
Bizshala
Global IME Bank Limited

पाक्षिक घाटा नै १३ अर्ब पुगेपछि आयल निगम चेपुवामा: मूल्य बढाए जनता भड्किने डर, नबढाए आफैं डूब्ने अवस्था

Hyundai Nepal
पाक्षिक घाटा नै १३ अर्ब पुगेपछि आयल निगम चेपुवामा: मूल्य बढाए जनता भड्किने डर, नबढाए आफैं डूब्ने अवस्था
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा जारी युद्धको प्रत्यक्ष असर नेपालमा देखिन थालेको छ। पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेका बेला मूल्य समायोजन गर्न नसक्दा नेपाल आयल निगम गम्भीर आर्थिक संकटमा फस्दै गएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

नेपाल आयल निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो १५ दिनमै निगमको घाटा करिब १३ अर्ब रुपैयाँ नाघ्ने अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्दा पनि स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गर्न नसक्दा निगमको घाटा चुलिँदै गएको हो।

निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको लागत उल्लेखनीय रूपमा बढेको छ। तर, उपभोक्तालाई प्रत्यक्ष भार नपरोस् भन्ने उद्देश्यले खुद्रा मूल्यमा समायोजन नगर्दा निगमले ठूलो आर्थिक भार वहन गर्नुपरेको जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि पनि निगमले मूल्य समायोजन सीमित रूपमा मात्रै गरेको थियो। तर, पछिल्लो मूल्य सूचीअनुसार पेट्रोलमा प्रति लिटर झण्डै ४७ रुपैयाँभन्दा बढी, डिजेलमा ५३ रुपैयाँभन्दा बढी र एलपी ग्यासमा प्रति सिलिन्डर ठूलो घाटा रहेको निगमले जनाएको छ। यही अवस्थाले निगमको समग्र वित्तीय अवस्था झन् कमजोर बन्दै गएको देखिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि निरन्तर रहँदा र सोहीअनुसार मूल्य समायोजन गर्न नसक्दा पाक्षिक रूपमा ठूलो घाटा व्यहोर्नुपर्ने स्थिति बनेको हो। यसले आपूर्ति व्यवस्थापनमै समस्या आउने संकेतसमेत देखिएको छ।

यस्तै, निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य स्थिरता कोषसमेत प्रयोग गरेको जनाएको छ। तर, लामो समयसम्म यस्तो अवस्था कायम रहन नसक्ने स्पष्ट संकेत दिँदै निगमले इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय बजारको दबाब र आन्तरिक मूल्य नीतिबीचको द्वन्द्वका कारण नेपाल आयल निगम अहिले दोहोरो संकटमा परेको छ: एकातिर घाटा, अर्कोतिर मूल्य बढाउँदा जनआक्रोशको जोखिम।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.