सोमबार, श्रावण ११,२०८३ 10:58:26
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:58:26
Bizshala
Global IME Bank Limited

बजाजको क्यूआर क्याम्पेन: ‘एक स्क्यानमै भाग्य चम्किने’

बजाजको क्यूआर क्याम्पेन: ‘एक स्क्यानमै भाग्य चम्किने’
New Office

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयर क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ।

‘अब क्यूआरबाट पैसा तिर्ने मात्रै होइन, नगद जित्ने पनि!’ भन्ने नारासहित ल्याइएको यस योजनामार्फत ग्राहकलाई रमाइलो डिजिटल अनुभवसँगै विभिन्न पुरस्कार जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू, विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा अन्य स्थानहरूमा राखिएका क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन्। हरेक दिन सहभागीमध्ये एक जना भाग्यशाली विजेताले स्मार्ट वाच प्राप्त गर्नेछन्।

यसका साथै, बजाजका ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन्।

कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएको भए पनि यस योजनामार्फत सोही माध्यमबाट नगद जित्ने नयाँ र रोमाञ्चक अनुभव प्रदान गरिनेछ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकहरूलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौं। क्यूआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकहरूलाई अझ उत्साहित बनाउने विश्वास लिएका छौं।”

यो क्यूआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ। ग्राहकहरूले त्यहाँ उपलब्ध क्यूआर कोड स्क्यान गरेर सजिलै सहभागी भई विभिन्न पुरस्कार जित्न सक्नेछन्।

नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूमा थप उत्साह र ऊर्जा ल्याउने कम्पनीको विश्वास रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.