काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले घटेको छ ।
यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९६ हजार ७ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ९७ हजार १ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य भने २ लाख ५४ हजार ३७० रुपैयाँ कायम छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ ।

