काठमाण्डौ । ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको Fund Management Quality Rating (FMQR) रेटिङ्ग [ICRANP] AMC 2+ मा स्तर वृद्घि वा अपग्रेड गरेको छ । यो मूल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यससँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ्ग प्राप्त गर्ने कम्पनी बनेको छ ।
कोष प्रवद्र्घक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना संचालनमा रहेको छन् । एनएमबि ५० को गत फागुन ३० गतेको खूद सम्पत्ति रु १.३६ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४९ अर्ब कायम रही खूद सम्पत्तिमुल्य (एनएभि) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल– २ को २०८२ फागुन ३० गतेको खूद सम्पत्ति रु १.४७ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ७५ पैसा रहेको छ ।
‘एनएमबि सरल बचत फण्ड –इ’ नामल खुलामुखी योजनाको २०८२ फागुन ३० गतेको खूद सम्पत्ति रु ४.७३ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) ११ रुपैयाँ ०१ पैसा रहेको छ । यस योजनाको एसआईपीअन्तर्गत हाल ५५ हजार भन्दा बढि लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ ।
योजनाको आकार २०८२ चैत्र २६ गते रु ४.९४ अर्ब पुग्न सफल भएको छ । साथै, यस योजनाको आकार रु १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट गत चैत ८ गते स्वीकृति प्राप्त गरेको छ ।
योजनाको आकार वृद्घि नेपाल धितोपत्र बोर्डको माघ २ गतेमा बीज पूँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ । एसआईपीमा बढदो आकर्षण र हालै आकार वृद्घिकालागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।

