सोमबार, चैत्र ३०,२०८२ 06:17:22
Bizshala
  • सोमबार, चैत्र ३०,२०८२ 06:17:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री सार्वजनिक

Bizshala
कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री सार्वजनिक
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै नयाँ वर्ष २०८३ सालको अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्रीहरु सार्वजनिक गरेको छ ।

उक्त ‘वित्तीय साक्षरता कथा संग्रह’ बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना होइन, व्यवहार परिवर्तन गर्ने प्रक्रिया भएको उल्लेख गर्दै कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्याउने विश्वास व्यक्त गरेको छ ।

यस कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग, तथा आर्थिक योजना जस्ता विषयहरूलाई सरल, रोचक र सन्देशमूलक कथाहरूका माध्यमबाट प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

बैंकका अनुसार, यो कथा संग्रह देशभरका विभिन्न विद्यालयहरूमा वितरण गरिनेछ, जसले विद्यार्थीहरूमा प्रारम्भिक उमेरदेखि नै वित्तीय अनुशासन, बचत गर्ने बानी र जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुर्याउनेछ । साथै, बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै “AlphaGrow Savings Account” खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप खुत्रुकेसँगै उक्त कथा संग्रह समेत प्रदान गर्ने व्यवस्था मिलाएको छ, जसले बचत व्यवस्थापनलाई व्यवहारिक रूपमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

यस अभियानको विशेष आकर्षणका रूपमा कथा संग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण गरिएको छ । यी भिडियोहरूमा कथाका पात्रहरूलाई दृश्यात्मक रूपमा जीवन्त बनाउँदै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकका अनुसार, भिडियो सामग्रीले विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सजिलै बुझ्न सकिने माध्यममा रूपान्तरण गर्नेछ ।

कथा संग्रहसँग सम्बन्धित भिडियो सामग्रीहरू प्रत्येक हप्तामा दुई दिन बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमहरूलाई आगामी दिनहरूमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, यस अभियानमार्फत समुदायस्तरमै वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जनाएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.