काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सका चारजना संचालकले राजिनामा दिएका छन् ।
कम्पनीका संचालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाष कुमार झुनझुनवालाले दिएको राजिनामा वैशाख ४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
साथै आगामी वार्षिक साधारण सभासम्मका लागि कम्पनीको संचालकमा कालिका फिन्कोर्प प्रा.लि.को तर्फबाट प्रतिनिधित्व गर्ने दिपक कुमार मिश्र र स्वतन्त्र संचालकमा आशिष चन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ ।

