बुधबार, असार १०,२०८३ 07:54:47
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:54:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्टार माइक्रो इन्स्योरेन्सबारे फैलिएका भ्रामक सूचनाप्रति कम्पनीको आपत्ति, अफवाहविरुद्ध कडा रूपमा उभिने

Laxmi Sunrise Bank Limited
स्टार माइक्रो इन्स्योरेन्सबारे फैलिएका भ्रामक सूचनाप्रति कम्पनीको आपत्ति, अफवाहविरुद्ध कडा रूपमा उभिने

काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित आफ्ना सम्बन्धमा आएका भ्रामक र अपुष्ट सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले विशेषगरी सेयर संरचना (सेयरहोल्डिङ) सम्बन्धी विषयमा केही व्यक्तिहरूको नाम जोडेर गरिएको गलत व्याख्याले लगानीकर्ता तथा सेवाग्राहीमा भ्रम सिर्जना गरेको बताएको छ।

कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा स्टार माइक्रो इन्स्योरेन्स कानुनी प्रावधानअनुसार सञ्चालनमा रहेको वित्तीय संस्था भएको र यसमा ठूलो संख्यामा सर्वसाधारणको लगानी रहेको उल्लेख गरिएको छ। यस्ता गलत सूचनाले लगानीकर्ताको विश्वासमा नकारात्मक असर पार्नुका साथै कम्पनीको प्रतिष्ठामा समेत क्षति पुग्न सक्ने कम्पनीको भनाइ छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशन वा प्रसारण गर्नु अघि तथ्यहरूको सत्यता पुष्टि गर्न र जिम्मेवार तथा निष्पक्ष पत्रकारिताको अभ्यास गर्न आग्रह गरेको छ। साथै, सम्बन्धित नियामक तथा सरोकारवाला निकायहरूलाई यस्ता भ्रामक सूचनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि अनुरोध गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रेस विज्ञप्तिमा कम्पनीको सेयर स्वामित्व संरचना पूर्ण रूपमा पारदर्शी र कानुनी मापदण्डअनुसार व्यवस्थित रहेको स्पष्ट पारिएको छ। कुनै पनि प्रकारका अफवाह वा गलत व्याख्याविरुद्ध कडा रूपमा उभिने चेतावनीसमेत कम्पनीले दिएको छ।

कम्पनीले अन्त्यमा आफ्ना सेयरधारक, सेवाग्राही तथा सरोकारवालाहरूलाई अपुष्ट समाचारप्रति सचेत रहन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अनुरोध समेत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.