Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेप्से पुनः २१०० विन्दुभन्दा माथि,हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार

Global IME Bank Limited
नेप्से पुनः २१०० विन्दुभन्दा माथि,हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार
Nabil Bank Limited

काठमाण्डौ । नेप्से परिसूचक मंगलबार पुन : २ हजार १०० विन्दुभन्दा माथि पुगेको छ। 

पछिल्ला ५ कारोबार दिनदेखि २१०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से सोमबार घटेको थियो भने यो दिन मंगलबार पुन उकालो लागेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो समाचार तयार पार्दाको समय अपरान्ह १ बजेसम्ममा बजार सामान्य अंकले बढेर सो विन्दुमा पुगेको हो ।

बजार जानकार अजय सिंह थापा(जयशम्भु) हिजोआज बजार अपेक्षाकृत रुपमा नबढ्नुमा विभिन्न कम्पनीको वित्तीय विवरण राम्रो नआउनु नै मूख्य कारण रहेको बताउँछन्। 

२ हजार २०० विन्दुको मनोवैज्ञानिक कारणले गर्दा पनि बजार अपेक्षाकृत रुपमा बढ्न नसकेता पनि प्राविधिक रुपमा बजार सपोर्ट लेभलमै टिकेको उनको भनाइ छ ।

उनका अनुसार बोलिंगरको मध्य ब्यान्ड २ हजार ९० विन्दुमा देखिन्छ ।र आज यहि विन्दुमा बजारले सपोर्ट लिएको कारण बजार यहिंबाटै सम्हालिन सक्दछ ।र बजारले २ हजार २०० को मनोवैज्ञानिक विन्दुलाई ब्रेक गरेर माथि जाने उनको भनाइ छ।

यो दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६४७.२० रुपैयाँमा कारोबार भइरहेको छ ।उक्त अवधिसम्ममा बिक्री अर्डर १ लाख २८ हजार ७४७ कित्ता रहेको छ भने ४ लाख ६० हजार ३८० कित्ता खरिद अर्डर रहेको छ ।कम्पनीको उक्त अवधिसम्ममा २१ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

यसअघि कम्पनीको सेयरमूल्य ७०९ रुपैयाँ पुगेको थियो भने अहिले आएर  घटेको छ ।  

३० कित्तासम्म सबैलाई आईपीओ परेको कम्पनीको सेयरमूल्य यसअघि सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको थियो । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.