मंगलवार, जेष्ठ ५,२०८३ 07:29:55
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:29:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीवाईडीको नयाँ कार सार्वजनिकः ९ मिनेटमै फुल चार्ज, दिन्छ ६३० किलोमिटरको रेञ्ज

Laxmi Sunrise Bank Limited
बीवाईडीको नयाँ कार सार्वजनिकः ९ मिनेटमै फुल चार्ज, दिन्छ ६३० किलोमिटरको रेञ्ज
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय इलेक्ट्रिक कारहरू निकै लोकप्रिय बन्दै गइरहेका छन्। कम्पनीहरूले एकभन्दा एक उन्नत सुविधासहितका ईभी बजारमा ल्याइरहेका छन्। यसै क्रममा चीनको ठूलो अटोमोबाइल कम्पनी बीवाईडीले अटो चाइना २०२६ मा आफ्नो सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयुभी अट्टो थ्रि को नयाँ संस्करण सार्वजनिक गरेको छ। यसलाई चीनमा युआन प्लस भनेर चिनिन्छ ।

यो नयाँ पुस्ताको कार पुरानो मोडेलभन्दा ठूलो मात्रै होइन, प्रविधिको हिसाबले पनि निकै अगाडि छ। प्रयोगकर्ताको सुविधा ध्यानमा राखेर यसमा धेरै नयाँ फिचरहरू दिइएका छन्। यो कार केवल ९ मिनेटमै फुल चार्ज हुन सक्छ र एक पटकमा ६३० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

Bizshala
New Office
CG Motors

ब्याट्री र फ्ल्यास चार्जिङ

नयाँ अट्टो थ्रिको आकार पहिलेको भन्दा धेरै ठूलो बनाइएको छ, जसले गर्दा सडकमा अझ दमदार देखिन्छ। यसको लम्बाइ ४ हजार ६६५ मिमी, चौडाइ १ हजार ८९५ मिमी र उचाइ १ हजार ६७५ मिमी छ। अघिल्लो मोडेलको तुलनामा लम्बाइ २१० मिमी, चौडाइ २० मिमी र उचाइ ६० मिमीले बढाइएको छ।

यसको ह्वीलबेस पनि ५० मिमीले बढेको छ, जसले गर्दा केबिनभित्र थप ठाउँ पाइन्छ। सामान राख्नका लागि ७५० लिटरको बुट स्पेस दिइएको छ। साथै बोनटमुनि थप १८० लिटरको स्पेस पनि उपलब्ध छ।

Garima Development Bank
Shivam Cement
IME remit

नयाँ डिजाइन र प्रिमियम फिचरहरू

यसमा नयाँ डिजाइनका बम्पर, १९ इन्चका ठूला अलोय ह्वील्स र फ्लश डोर ह्यान्डल दिइएका छन्। पछाडि चम्किने बीवाईडी लोगो राखिएको छ । यस्तै केबिनभित्र नयाँ टू–स्पोक स्टेयरिङ ह्वील र पछाडि रिक्लाइन सिटहरू दिइएका छन्।

कारभित्र नै हीटेड र कूल्ड बक्स छ, जसले खानेकुरा वा पेय पदार्थलाई तातो वा चिसो राख्न सक्छ। साथै १६ स्पिकर भएको म्युजिक सिस्टम र २५६ रङको एम्बिएन्ट लाइटिङ पनि दिइएको छ।

ब्याट्री र फ्ल्यास चार्जिङ

यस कारको सबैभन्दा ठूलो विशेषता यसको चार्जिङ गति र रेञ्ज हो। यसमा दुई ब्याट्री विकल्प दिइएको छ ।  ५७.५४ किलोवटा आवर र ६८.५४ किलोवटा आवरका दुई विकल्प उपलब्ध छन्, जसले क्रमशः ५४० किमी र ६३० किमीको रेञ्ज दिन्छ।

पछाडि जडान गरिएको मोटरले २७२ हर्स पावर(एचपी) देखि ३२७ एचपीसम्मको पावर उत्पादन गर्छ। बीवाईडीको नयाँ फ्ल्यास चार्जिङ प्रविधिको मद्दतले यो कार १० प्रतिशतदेखि ९७ प्रतिशतसम्म मात्र ९ मिनेटमै चार्ज गर्न सकिन्छ, जुन अहिलेसम्मकै सबैभन्दा छिटो चार्ज हुने कारहरूमा पर्छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.