सोमबार, असार ८,२०८३ 11:34:56
Bizshala
  • सोमबार, असार ८,२०८३ 11:34:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी लगानी सम्मेलनमा नेपाली निजी क्षेत्रको उपस्थिति, नयाँ व्यापारिक साझेदारीका सम्भावना

Laxmi Sunrise Bank Limited
अमेरिकी लगानी सम्मेलनमा नेपाली निजी क्षेत्रको उपस्थिति, नयाँ व्यापारिक साझेदारीका सम्भावना

काठमाण्डौं ।  अमेरिकाको वासिङ्टन डिसीमा जारी ‘SelectUSA Investment Summit’ मा सहभागी हुन नेपाली व्यवसायिक प्रतिनिधिमण्डल पुगेको छ।  

यो सम्मेलनलाई नेपाल–अमेरिका आर्थिक सम्बन्ध विस्तार, लगानी आकर्षण र निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमका क्रममा अमेरिकी उपसहायक बेथानी मोरिसनसहित राज्य र वाणिज्य विभागका अधिकारीहरूले नेपाली उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्दै सम्भावित लगानी क्षेत्र, सहकार्यका मोडेल र बजार अवसरबारे छलफल गरेका छन्।  

अमेरिकी विदेश मन्त्रालयअन्तर्गत दक्षिण तथा मध्य एशिया मामिला विभागले नेपालसँगको व्यापारिक सम्बन्धलाई अझ विस्तार गर्ने, लगानी प्रवर्द्धन गर्ने र निजी क्षेत्रबीच साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलमा सूचना प्रविधि क्षेत्रका उद्यमी, नेपाल–अमेरिका चेम्बर अफ कमर्स (AmCham) का पदाधिकारी तथा निजी क्षेत्रका व्यवसायिक नेतृत्व समावेश छन्। 

कैलाश विजयानन्दको नेतृत्वमा रहेको टोलीमा आकाश गोल्छा, समराथ मोगालगायतका युवा उद्यमीहरू सहभागी छन् भने कार्यकारी निर्देशक अमिरराज थापाले समन्वयात्मक भूमिका निर्वाह गरेका छन्।

विश्वकै प्रमुख विदेशी लगानी आकर्षण गर्ने प्लेटफर्म मानिने ‘‘SelectUSA’ सम्मेलनले विभिन्न देशका सरकार तथा निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउँदै नयाँ लगानी अवसरहरू सिर्जना गर्ने उद्देश्य राख्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्मेलनअघि वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित छलफलमा अमेरिकी अधिकारीहरूले नेपाली निजी क्षेत्रसँगको सहकार्यले दुई देशबीचको व्यापारिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।  

उनीहरूले नेपालका लगानीकर्तालाई अमेरिकाको उन्नत पूर्वाधार, नवप्रवर्तन र व्यवसायिक अवसरहरूको अधिकतम उपयोग गर्न आग्रह गरेका थिए।

दूतावासका अनुसार यस्तो संवाद र सहभागिताले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने र आगामी दिनमा प्रत्यक्ष वैदेशिक लगानीका थप सम्भावनाहरू खुल्ने अपेक्षा गरिएको छ।

यस वर्षको‘SelectUSA Investment Summit’ मा करिब १०० देशका २,७०० भन्दा बढी व्यवसायिक प्रतिनिधि, लगानीकर्ता तथा उद्योग विशेषज्ञहरू सहभागी भएका छन्।  

सम्मेलन मे ३ देखि सुरु भई मे ६ सम्म सञ्चालन हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.