मंगलवार, असार ९,२०८३ 12:33:00
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:33:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर, डलर फेरि महँगियो

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर, डलर फेरि महँगियो

काठमाण्डौं । विदेशी मुद्रा बजारमा देखिएको उतारचढावलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आजका लागि नयाँ विनिमयदर सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । 

New Office
CG Motors
Garima Development Bank

प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूमा युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

अन्य प्रमुख मुद्रामा अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरका दर पनि निर्धारण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी एसियाली मुद्रातर्फ जापानी येन, चिनियाँ युआन, साउदी रियाल र कतारी रियालका विनिमयदर पनि समायोजन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी खाडी मुलुकका यूएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालसहित युरोपेली मुद्राहरू स्वीडिस र डेनिस क्रोनरका दर पनि अद्यावधिक गरिएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।  

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने बताउँदै वाणिज्य बैंकहरूले लागू गर्ने दर फरक हुन सक्ने स्पष्ट पारेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.