बिहीबार, असार ११,२०८३ 03:57:31
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:57:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सागर ढकाल दोस्रो उच्च मतसहित एफएनसीसीआईको कार्यकारिणी समिति सदस्यमा निर्वाचित

Laxmi Sunrise Bank Limited
सागर ढकाल दोस्रो उच्च मतसहित एफएनसीसीआईको कार्यकारिणी समिति सदस्यमा निर्वाचित

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को हालै सम्पन्न निर्वाचनमा वस्तुगत समूहबाट सागर ढकाल दोस्रो उच्च मत प्राप्त गर्दै कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन्। निजी क्षेत्रको प्रतिनिधित्व गर्ने यस महत्वपूर्ण जिम्मेवारीमा उनको विजयलाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिएको छ।

निर्वाचनमा प्राप्त व्यापक समर्थनप्रति आभार व्यक्त गर्दै नव–निर्वाचित सदस्य ढकालले सम्पूर्ण वस्तुगत अध्यक्ष तथा प्रतिनिधिप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले यो जनसमर्थनलाई निजी क्षेत्रप्रतिको विश्वासको रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

‘यहाँहरूले दिनुभएको अमूल्य मत र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। दोस्रो उच्च मतसहितको यो समर्थनले मेरो कर्तव्यबोधलाई अझ बलियो बनाएको छ। म एफएनसीसीआई मार्फत निजी क्षेत्रका मुद्दाहरूलाई सशक्त रूपमा उठाउनेछु र व्यवसायमैत्री नीति निर्माण, लगानी प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारका लागि धेरै काम गर्नेछु,’ ढकालले बताए।

उनले उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधार, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि, लगानीको वातावरण सहज बनाउने तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिने बताए। साथै, साना तथा मझौला उद्यमलाई सशक्त बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रका साझा आवाजलाई मजबुत बनाउनेतर्फ पनि आफ्नो भूमिका केन्द्रित रहने उल्लेख गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ढकालले आफ्नो कार्यकालमा एफएनसीसीआईलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.