बिहीबार, बैशाख २४,२०८३ 10:47:41
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 10:47:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटी होटल प्रकरणमा नयाँ ट्विस्ट : सीआईबीले सेबोनलाई गर्‍यो पत्राचार

Bizshala
सिटी होटल प्रकरणमा नयाँ ट्विस्ट : सीआईबीले सेबोनलाई गर्‍यो पत्राचार
Shivam Cement

काठमाण्डौ । गोल्यान ग्रुपको प्रमुख लगानी रहेको सिटी होटल लिमिटेडसँग जोडिएको पूँजीबजारको विवादास्पद प्रकरणमा अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड समेत औपचारिक रुपमा तानिएको खुलेको छ ।

संस्थापक (प्रमोटर) सेयर कारोबारमा गम्भीर गडबडी भएको आशंकामा अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले यस विषयमा आवश्यक अनुसन्धान गरी राय दिन भन्दै धितोपत्र बोर्डलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बिजशालासँग कुरा गर्दै सिडिएससीबाट आएको प्रारम्भिक विवरणलाई थप परिपक्व र औपचारिक अनुसन्धानको दायरामा लैजान बोर्डलाई पत्र पठाइएको पुष्टि गरे ।

नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार धितोपत्र बजारमा हुने गलत क्रियाकलापको पहिलो अनुसन्धान गर्ने जिम्मेवारी धितोपत्र बोर्डकै हुन्छ । बोर्डले प्रारम्भिक अनुसन्धान गरेर प्रतिवेदनमा गम्भीर समस्या देखिएपछि मात्रै थप कारबाही वा आपराधिक अनुसन्धानका लागि सीआईबीलाई औपचारिक अनुरोध गर्नुपर्ने व्यवस्था छ ।

यही कानुनी प्रक्रियाअनुसार सिटी होटल प्रकरणमा बोर्डको औपचारिक धारणा र अनुसन्धानलाई समेत समेट्न खोजिएको बुझिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

यसअघि CDS and Clearing Limited ले सीआईबीलाई पठाएको विवरणमा सिटी होटलको संस्थापक र सर्वसाधारण समूहको सेयर एउटै प्रणालीमा मिसाइएको, फरक ISIN नम्बर हुनुपर्नेमा एउटै ISIN प्रयोग गरिएको तथा लकइन अवधि नपुगेकै संस्थापक सेयर किनबेच भएको देखिएको उल्लेख गरिएको थियो ।

प्रारम्भिक विवरणले संस्थापक सेयरलाई सर्वसाधारण सेयरसरह कारोबार गराइएको, मूल्य निर्धारणमा असर परेको तथा लगानीकर्ताले वास्तविक अवस्थाबारे भ्रमपूर्ण सूचना पाएर कारोबार गरेको आशंका समेत औंल्याएको छ ।

यो प्रकरण बाहिरिएसँगै नेपालको पूँजी बजार नियमन प्रणाली, सेयर वर्गीकरण प्रक्रिया र नियामक निकायहरूको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited

यसअघि प्रकाशित सम्बन्धित समाचार :

एक्सक्लूसिभ: सीआईबीको छानबिनमा सिटी होटल, सिडिएससीको पत्रबाट पर्दाफास भयो डरलाग्दो ठगीधन्दा !

 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X