शुक्रबार, असार १२,२०८३ 04:31:23
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 04:31:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगातार तीन दिन बढ्यो सुन, बजारमा नयाँ रेकर्ड नजिक

Laxmi Sunrise Bank Limited
लगातार तीन दिन बढ्यो सुन, बजारमा नयाँ रेकर्ड नजिक

काठमाण्डू  ।   नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।  

पछिल्ला दुई दिनमा उल्लेख्य वृद्धि भएको सुनको भाउ आज फेरि प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो।

New Office
CG Motors
Garima Development Bank

आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।  

यसअघि बिहीबार सुन १ हजार ८ सय रुपैयाँ र बुधबार ५ हजार ८ सय रुपैयाँले महँगिएको थियो। 

तीन दिनको अवधिमा मात्रै सुनको मूल्य कुल ८ हजार ९ सय रुपैयाँले बढिसकेको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज उकालो लागेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रतितोला १२० रुपैयाँले बढेर चाँदीको भाउ ५ हजार २७५ रुपैयाँ पुगेको छ।

 हिजो चाँदी ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य मानिन्छ।

यस्तै, माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन अहिलेसम्मकै ठूलो गिरावट हो।

तर, माघ १५ गते नै चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन यसको सबैभन्दा उच्च रेकर्ड हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.