शुक्रबार, बैशाख २५,२०८३ 12:57:02
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 12:57:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कालीमाटी बजारमा तरकारी मूल्यमा मिश्रित असर, केही महँगिए केही सस्तिए

Bizshala
कालीमाटी बजारमा तरकारी मूल्यमा मिश्रित असर, केही महँगिए केही सस्तिए
Shivam Cement

काठमाण्डौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)  का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।  

बजारमा केही तरकारीको मूल्य वृद्धि देखिएको छ भने केही उपज सस्तिएका छन्। केही वस्तु भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समितिका अनुसार आज बोडी, ब्रोकाउली र भन्टाजस्ता तरकारीको मूल्य बढेको छ। काउली लगायत केही उपजको मूल्य घटेको छ भने केही तरकारीको कारोबार स्थिर रहेको छ।

आज कालीमाटी बजारमा ठूलो भारतीय गोलभेँडा ९० रुपैयाँ, सानो लोकल गोलभेँडा ५७ रुपैयाँ, रातो आलु २५ रुपैयाँ, भारतीय आलु २२ रुपैयाँ, भारतीय सुकेको प्याज ३९ रुपैयाँ, तराईको गाँजर ३० रुपैयाँ र लोकल बन्दा ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। 

त्यस्तै स्थानीय काउली ५५ रुपैयाँ, लाम्चो भन्टा ५५ रुपैयाँ, डल्ले भन्टा ७५ रुपैयाँ र हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

CG Motors
Garima Development Bank
IME remit

 

यसैगरी तनेबोडी ११५ रुपैयाँ, लौका ५५ रुपैयाँ, घिरौँला ७५ रुपैयाँ, लोकल परबल ८५ रुपैयाँ, हरियो डल्ले फर्सी ४० रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, कुरिलो ४५० रुपैयाँ, न्यूरो ९० रुपैयाँ र ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

हिजोको तुलनामा बजारमा केही वस्तुको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।  

अघिल्लो दिन ठूलो भारतीय गोलभेँडा ९० रुपैयाँ, सानो लोकल गोलभेँडा ५८ रुपैयाँ, रातो आलु २४ रुपैयाँ, भारतीय आलु २२ रुपैयाँ, सुकेको प्याज ४० रुपैयाँ, तराईको गाँजर ३४ रुपैयाँ, लोकल बन्दा ३३ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लाम्चो भन्टा ५९ रुपैयाँ, डल्ले भन्टा ७० रुपैयाँ र हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X