बिहीबार, असार ११,२०८३ 02:27:14
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:27:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा विद्यालयमा स्टेशनरी सामाग्री वितरण

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंकद्वारा विद्यालयमा स्टेशनरी सामाग्री वितरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय वालिङ मार्फत बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

बैंकको पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम तथा विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस प्रकारका स्टेशनरी सामाग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए । 

उनले यस्ता कार्यक्रमहरूले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले व्यक्त गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.