बिहीबार, असार ११,२०८३ 02:26:42
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:26:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘घर निर्माण फेस्ट’को नयाँ संस्करणका लागि स्टल बुकिङ खुला

Laxmi Sunrise Bank Limited
‘घर निर्माण फेस्ट’को नयाँ संस्करणका लागि स्टल बुकिङ खुला

काठमाण्डौ । यस वर्षपनि ‘घर निर्माण फेस्ट २०८३’ आयोजना हुने भएको छ । ‘घर निर्माण फाउन्डेसन’को आयोजनामा हुने यो फेस्ट आगामी पुस ९–१२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको हो । यसअघिका फेस्टमा उत्साहपूर्ण रुपमा दर्शकको उपस्थिति रहेको फेस्टमा यसपटकका लागि १५० बढी स्टलहरू रहने छ ।

फेस्टमा इस्टल राख्न चाहनेका लागि स्टल बुकिङ खुला गरिएको आयोजक ‘घर निर्माण फाउन्डेसन’ले जनाएको छ । निर्माण क्षेत्रमा संलग्न रहेका इच्छुक कम्पनी÷संस्थाले आफ्नो उत्पादन तथा सामग्रीबारे समेत फेस्टमा इस्टल राखि उपभोक्तामाझ पु¥याउन सक्नेछन् ।

फेस्टमा सहकार्यका लागि समेत आवेदन खुला गरिएको छ । यसका लागि काठमाण्डौको बबरमहलस्थित फाउन्डेसनको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । अव्यवस्थित निर्माण क्षेत्रलाई व्यवस्थित बनाउन, मन्दीको अवस्थामा रहेको आर्थिक गतिविधि चलायमान बनाउन तथा निर्माण क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ती र निर्माण कम्पनीबीच सम्बन्ध स्थापीत गराउनका लागि फेस्ट आयोजना गर्न लागिएको हो। 

New Office
CG Motors
Garima Development Bank

आधुनिक निर्माण प्रविधि र सामग्रीको प्रयोग बढाउन, घर निर्माणको तयारीदेखि अन्तिम चरणसम्मको जानकारी एउटै थलोबाट दिने उद्देश्य समेत फेस्टले राखेको छ ।

यसअघि गत पुस १२–१५ गतेसम्म भएको दोस्रो संस्करणको फेस्टमा ६० हजार बढी दर्शकको उपस्थिति रहेको थियो । १ सय ३५ स्टल रहेको सोफेस्टमा ३ अर्ब बढीको कारोबार भएको थियो । फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भए पनि धेरै ब्रान्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्रान्डिङ गर्न चुनौती भोगिरहेको समस्या समाधानका लागि फेस्ट आयोजना गर्न लागिएको हो ।

४ दिनसम्म चल्नेफेस्टमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुर्याउन सक्नेछन् ।

फेस्टमा निर्माण व्यवसायी र सरोकारवालासँग निर्माण क्षेत्रमा रहेका समस्या, समाधानका उपाय र गुणस्तरीय निर्माणका लागि अपनाउनुपर्ने उपायबारे बारे समेत छलफल हुनेछ भने अवलोकनतकर्ताहरुले निर्माणका क्रममा अपनाउनुपर्ने सावधानी, ध्यानदिनुपर्ने पक्ष तथा कम लागतमा गुणस्तरीय निर्माणका लागि अपनाउन सकिने प्रक्रियाबारे परामर्श लिन पाउनेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभिन्न निर्माण सामग्री उत्पदक र व्यवसायीले प्रदान गर्ने प्रयोगका तरिकाबारेको जानकारी समेत फेस्टमा पाइनेछ । यसैगरि निर्माण क्षेत्रमा विकास गरिएका नयाँ प्रविधि तथा उत्पादनबारे प्रयोगकर्तासम्म पु¥याउनका लागि समेत फेस्ट प्रभावकारी हुनेछ ।

निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे प्रत्यक्ष जानकारी दिन तथा नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिका लागि फेस्ट प्रभावकारी हुनेछ । फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिनेछ । इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे पनि फेस्टमा अवलोकनकर्ताले आवश्यक जानकारी लिन सक्नेछन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.