शनिबार, असार १३,२०८३ 03:40:33
Bizshala
  • शनिबार, असार १३,२०८३ 03:40:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सयौं सुकुमवासीको घर भत्काइसकेपछि सर्वोच्चको हस्तक्षेप, अब वैकल्पिक व्यवस्था बिना हटाउन नपाइने

Laxmi Sunrise Bank Limited
सयौं सुकुमवासीको घर भत्काइसकेपछि सर्वोच्चको हस्तक्षेप, अब वैकल्पिक व्यवस्था बिना हटाउन नपाइने

काठमाण्डौ । काठमाडौं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गामा रहेका सयौं सुकुमवासी बस्ती डोजर लगाएर भत्काइएपछि सर्वोच्च अदालतले सरकार र स्थानीय तहलाई रोक लगाएको छ । अदालतले अब वैकल्पिक व्यवस्थाविना सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउन नपाइने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती हटाउने कार्यविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

New Office
CG Motors
Garima Development Bank

गोपाल रनपहलीसहित ११ जनाले वैशाख ११ गते दायर गरेको रिटमा काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले नदी किनारका बस्ती हटाउने नाममा व्यापक विस्थापन गराएको उल्लेख गरिएको थियो । पछिल्लो समय थापाथली, बल्खु, सुकुम्बासी टहरालगायत क्षेत्रमा डोजर चलाइएपछि सयौं परिवार प्रत्यक्ष प्रभावित बनेका थिए ।

सर्वोच्चले आदेशमा सुकुमवासी र अव्यवस्थित बसोबासीलाई कानुनी प्रक्रिया पूरा नगरी हटाउँदा उनीहरूको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्नजस्ता आधारभूत अधिकारमा अपूरणीय क्षति पुग्ने उल्लेख गरेको छ । अदालतले यस्तो कदमले मानवीय संकट निम्त्याउन सक्ने चेतावनीसमेत दिएको छ ।

अदालतले मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्ड, संघीय मामिला मन्त्रालयको परिपत्र र गृहमन्त्रालयले तोकेको चरणबद्ध प्रक्रिया पालना नगरी कसैलाई विस्थापित नगर्न सरकारलाई निर्देशन दिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, विस्थापनको जोखिममा परेका परिवारका लागि आवास, शिक्षा, स्वास्थ्य सेवा र खाद्यान्नको सुनिश्चितता गर्न पनि आदेशमा भनिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले समेत सुकुमवासी बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलता अपनाउन सरकारलाई आग्रह गर्दै आएको अवस्थामा सर्वोच्चको यो आदेशलाई महत्वपूर्ण हस्तक्षेपका रूपमा हेरिएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.