शनिबार, असार १३,२०८३ 03:41:32
Bizshala
  • शनिबार, असार १३,२०८३ 03:41:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालीमाटी बजारमा तरकारीको मूल्य स्थिर, कुरिलोको मूल्य १०० रुपैयाँले घटेर ३५० कायम

Laxmi Sunrise Bank Limited
कालीमाटी बजारमा तरकारीको मूल्य स्थिर, कुरिलोको मूल्य १०० रुपैयाँले घटेर ३५० कायम

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।

 

समितिका अनुसार बजारमा अधिकांश तरकारीको मूल्य स्थिर देखिए पनि केही उपजमा सामान्य उतारचढाव कायम रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

कुरिलोको मूल्य उल्लेखनीय रूपमा घट्दै प्रतिकिलो ३५० रुपैयाँमा झरेको छ ।  

जुन अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले कम हो । अन्य धेरै तरकारी भने पुरानै दरमा स्थिर रूपमा कारोबार भइरहेको समितिले जनाएको छ ।

थोक मूल्य सूचीअनुसार ठूलो भारतीय गोलभेँडा ९० रुपैयाँ, सानो लोकल गोलभेँडा ६२ रुपैयाँ, रातो आलु २५ रुपैयाँ, भारतीय आलु २४ रुपैयाँ तथा भारतीय सुकेको प्याज ३९ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । 

त्यस्तै तराईको गाँजर ३० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लाम्चो भन्टा ५५ रुपैयाँ, डल्ले भन्टा ७५ रुपैयाँ र हाइब्रिड मुला २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य उपजमा तनेबोडी ११५ रुपैयाँ, लौका ५५ रुपैयाँ, घिरौँला ६५ रुपैयाँ, लोकल परबल ८५ रुपैयाँ, हरियो डल्ले फर्सी ४० रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, न्यूरो १०० रुपैयाँ र ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

यता केही कृषि बजार विश्लेषकहरूले भने मूल्य स्थिरता देखिएपनि आपूर्ति–मागको असन्तुलन र मौसमी उत्पादनका कारण आगामी दिनमा केही उपजमा थप उतारचढाव देखिन सक्ने बताएका छन् ।  

तर, समितिले हालको बजार अवस्था सामान्य रहेको जनाएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.