सोमबार, बैशाख २८,२०८३ 08:50:43
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 08:50:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

Bizshala
बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
Shivam Cement

काठमाण्डौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ ।  

अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेसँगै संसद् बैठकप्रति राजनीतिक र आर्थिक क्षेत्रको चासो बढेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।  

संयुक्त बैठक अपराह्न ४ बजे बस्ने तय भएको छ ।

संविधानले प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भमा राष्ट्रपतिबाट संयुक्त सम्बोधन गर्ने व्यवस्था गरेकाले आजको बैठकलाई संवैधानिक औपचारिकतासँगै आगामी आर्थिक वर्षको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि हेरिएको छ ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक दिउँसो २ बजे बस्नेछ । 

प्रारम्भिक कार्यसूचीमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् हेरफेरबारे जानकारी गराउने तथा सभामुख अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयनलगायत विषय समावेश गरिएको छ ।

 

CG Motors
Garima Development Bank
IME remit

सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि आज संसद्मा पेश गरिने भएका छन् ।  

सार्वजनिक खरिद, संवैधानिक परिषद् तथा सार्वजनिक पदाधिकारीसम्बन्धी अध्यादेशसहित आठ वटा अध्यादेश दुवै सदनमा टेबल गर्ने तयारी गरिएको छ ।

यसपटकको बजेट अधिवेशनलाई अर्थतन्त्र सुधार, विकास खर्च, रोजगारी, लगानी वातावरण र संघीय शासन कार्यान्वयनजस्ता विषयमा सरकारको स्पष्ट रणनीति आउने सत्रका रूपमा विश्लेषण गरिएको छ ।

विपक्षी दलहरूले समेत सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन क्षमता र आर्थिक परिणामका आधारमा मूल्याङ्कन गर्ने संकेत दिएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार सरकारका प्राथमिकता, बजेटको दिशा र संसद्मा हुने बहसले आगामी आर्थिक वर्षको नीतिगत वातावरण निर्धारण गर्ने भएकाले यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.