काठमाण्डौं । सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
छलफलका क्रममा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आ–आफ्ना धारणा राख्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसैगरी, चालू अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि सदनमा प्रस्तुत गरिने तयारी रहेको छ ।

