काठमाण्डौ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म घाटामा रहेको माउन्टेन हाईड्रो नेपाल लिमिटेड नाफा कमाउन सफल भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ६७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको उक्त अवधिसम्म कम्पनी ३९ करोड २७ लाख रुपैयाँ घाटामा थियो ।
यद्यपी कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २८ करोड ८९ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम ३३ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको अन्य आम्दानी पनि घटेको छ । कम्पनीले ३ करोड ९० लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ करोड बढीको अन्य आम्दानी गरेको थियो ।
यद्यपी वित्त खर्च भने घटेको छ । जसका कारण कम्पनी घाटाबाट बाहिरिन सफल भएको हो । अघिल्लो आवमा १६ करोड ९३ लाख रहेको कम्पनीको वित्त खर्च घटेर १० करोड १ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भ भने ७९ करोड ९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३६.७३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८२.२१ रुपैयाँ र तरलता अनुपात ०.२३ प्रतिशत कायम भएकउो छ ।

