काठमाण्डौ । नेपालका लागि दुई पाङग्रे सवारी साधानको बजारमा विश्वासिलो नाम हिरो मोटर कर्प नेपालले आज काठमाण्डौस्थित बानेश्वर र सीतापाईलामा आफ्नो नयाँ डिलरको हिरो मापदण्ड अनुसारको अत्याधुनिक शोरुमको औाचारिक उद्घाटन सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सीजी मोटर्स प्रालिका व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख, अन्य अतिथि, स्थानीय व्यवसायी, ग्राहक, मिडिया प्रतिनिधि लगायत हिरो पारखी ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हिरोको नयाँ शोरुम मार्पmत ग्राहकहरुले हिरोका नवीनतम् प्रविधी जडित मोटरसाइर्कल तथा स्कुटरका मोडलहरु एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन् । साथै आधुनिक विक्री सेवा, जेन्युइन स्पेयर पार्टस्, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरु मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै डिलर प्रितिनिधिहरुले भने, ‘ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । नयाँ शोरुमको सुरुवातसँगै हामी अझ उत्कृष्ट सेवा, आधुनिक सुविधा र गुणस्तरयी अनुभव प्रदान गर्नमा प्रतिबद्ध छौँ ।’
उद्घाटन अवसरमा विशेष आकर्षणस्वरुप ः
–नयाँँ बाइक तथा स्कुटर प्रदर्शन
–टेस्ट राइड सुविधा
–ओपनिङ अफर
–उपहार तथा क्यासब्याक योजना
– एक्सचेञ्ज अर्फसहरुको राम्रो व्यवस्था थियो ।
हिरो मोटर कर्प नेपालले नेपाली बजारमा गुणस्तरीय, भरपर्दो तथा इन्धन किफायती दुई पाङग्रे सवारी साधन उपलब्ध गराँउदै आएको छ । नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले ग्राहकहरुको पहुँच अझ विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।

