मंगलवार, बैशाख २९,२०८३ 07:38:01
Bizshala
  • मंगलवार, बैशाख २९,२०८३ 07:38:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महिला उद्यमीलाई उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

Bizshala
महिला उद्यमीलाई उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । भक्तपुरका महिला उद्यमी व्यवसायीलाई लक्षित गरी सञ्चालन गरिएको तीनदिने उद्घोषण तथा भाषणकला तालिम मंगलबार सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी उपसमितिको आयोजनामा गत आइतबारदेखि संघको सभाहलमा तालिम सञ्चालन गरिएको हो ।

महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्दै उनीहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजक उपसमितिले जनाएको छ ।

तालिमको समापन कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कुनै पनि व्यक्ति जीवनमा आर्थिक रुपमा सफल हुन उद्यम गर्नुपर्नेमा जोड दिए । सुरुमा जोखिम र चुनौती भए पनि आफ्नै सीप, सोचलाई प्रयोग गरी निरन्तर प्रयास र मेहनतका साथ लागिपरे उद्यमीहरु सफल हुने उनको भनाइ छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तालिम सञ्चालन गरेकोमा महिला उद्यमी उपसमितिलाई धन्यवाद दिँदै उनले उद्घोषण तथा भाषणकला तालिमबाट महिला उद्यमीहरुलाई आत्मविश्वासी, प्रभावशाली र सक्षम वक्ता बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । 

तालिममा सिकेका ज्ञान र कला तथा वाककलाले आफ्नो व्यापार व्यवसायलाई प्रभावकारी रुपमा बजारीकरण गर्न, ग्राहकसँग सुमधूर सम्बन्ध बनाउन र सामाजिक तथा आर्थिक रुपमा सशक्त बन्न मद्दत पुगेको उनले विश्वास व्यक्त गरे ।

संघकी निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले तालिममा सहभागी महिला उद्यमीहरुलाई आफ्ना विगतका व्यवसायिक अनुभव सुनाउँदै तालिममा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गरिन् । प्रशिक्षिका रश्मि शिल्पकारले महिला उद्यमी व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि तालिममा सहजीकरण गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा संघका सचिव गौतम सुजखू, कार्यसमिति सदस्यद्वय मञ्जिला सुवेदी र सरस्वती कार्कीलगायतले आआफ्नो धारणा राखेका थिए भने प्रशिक्षार्थीहरु सन्ध्या श्रेष्ठ बुद्धाचार्य, रस्मिता बखुन्छें, गीता कार्की बस्नेत, सावित्रा खड्का, गमिना श्रेष्ठ र मन्दिर प्रजापतिले तालिम फलदायी र प्रेरणादायी भएको भन्दै आगामी दिनमा पनि महिला उद्यमीहरुको सीप तथा क्षमता विकास हुने तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्न भक्तपुर उद्योग वाणिज्य संघसँग आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष न्यौपाने र निवर्तमान अध्यक्ष धौबन्जालाई २७ जना प्रशिक्षार्थी महिला उद्यमीहरुलाई प्रमाणपत्र वितरण गरे ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.