बिहीबार, बैशाख ३१,२०८३ 09:06:46
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:06:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डिजिटल रेमिटेन्स सेवामा ईसेवा मनि ट्रान्सफरको ६ वर्ष पूरा

Laxmi Sunrise Bank Limited
डिजिटल रेमिटेन्स सेवामा ईसेवा मनि ट्रान्सफरको ६ वर्ष पूरा
Shivam Cement

काठमाण्डौ । नेपालकोअग्रणी डिजिटल रेमिटेन्स कम्पनी तथा एफ१सफ्ट ग्रुपअन्तर्गतकोसहायक कम्पनी ईसेवा मनि  ट्रान्सफरलेसफलतापूर्वक आफ्नो सेवा सञ्चालनको सफल ६ वर्ष पूरा गरेकोछ। डिजिटल प्रविधि, विश्वसनीयता सेवा तथा ग्राहककेन्द्रित नवप्रवर्तनमार्फत नेपालको रेमिटेन्स क्षेत्रमा परिवर्तनकारी भूमिका निर्वाह गर्दै आएको कम्पनीका लागियो उपलब्धि एक महत्वपूर्ण कोशेढुंगाबनेको छ।

स्थापनाकालदेखिनै ईसेवा मनि  ट्रान्सफरलेविदेशमा रहेका नेपालीहरूलाई नेपालमा छिटो, सुरक्षित र सहज रूपमारकम पठाउने सुविधा प्रदान गर्दै आएको छ। निरन्तरप्रविधिमैत्री सेवाको विस्तारसँगै कम्पनीले आफूलाई नेपालको विश्वसनीय डिजिटल रेमिटेन्स प्लेटफर्मका रूपमा स्थापित गर्न सफल भएकोछ।

हालकम्पनीले २०० भन्दा बढीदेश , ६० भन्दाबढी अन्तर्राष्ट्रिय रेमिटेन्स साझेदारहरूमार्फत सेवा प्रदान गर्दैआएको छ।सेवाग्राहीहरूले १०.९ मिलियनभन्दाबढी इसेवा वालेट प्रयोगकर्तामाझ प्रत्यक्ष वालेट ट्रान्सफर गर्न सक्ने, बैंकखातामा सहज रूपमा रकमपठाउन सक्ने तथा देशभर रहेका११,००० भन्दा बढीक्यास पिकअप केन्द्रमार्फत रकम प्राप्त गर्नसक्ने सुविधा उपलब्ध छ।

Bizshala
New Office
CG Motors

विगत६ वर्षमा कम्पनीले लाखौं रेमिटेन्स कारोबार सफलतापूर्वक सम्पन्न गर्दै नेपालको डिजिटल अर्थतन्त्र तथा वित्तीय समावेशीकरणमामहत्वपूर्ण योगदान पुर्‍याएको छ। GCC राष्ट्रहरू, युरोप, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका लगायत विश्वका विभिन्न देशहरूमा रहेका नेपाली समुदायमाझ कम्पनीले आफ्नो सशक्त उपस्थिति कायम गरेको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाज्युले भन्नुभयो:“विगत ६ वर्षदेखिईसेवा मनि  ट्रान्सफरलेविश्वभर रहेका नेपालीहरूका लागि रेमिटेन्स सेवालाईअझ सरल, छिटो तथापहुँचयोग्य बनाउने उद्देश्यका साथ निरन्तर कार्यगर्दै आएको छ। विशेषगरीडिजिटल रेमिटेन्सलाई प्रवर्द्धन गर्दै परम्परागत नगद-आधारित रेमिटेन्सप्रणालीलाई डिजिटल माध्यमतर्फ रूपान्तरण गर्न कम्पनीले महत्वपूर्णभूमिका निर्वाह गरेको छ। हामीप्रति निरन्तरविश्वास र सहयोग गर्नुहुनेसम्पूर्ण ग्राहक, साझेदार तथा टिम सदस्यहरूप्रतिहार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा अझ सशक्त अन्तर्राष्ट्रियनेटवर्क विस्तार गर्दै थप नवीन डिजिटलवित्तीय सेवाहरूमार्फत विश्वभर रहेका नेपालीहरूलाई थप प्रभावकारी सेवाप्रदान गर्ने हाम्रो लक्ष्य रहनेछ।”

ईसेवामनि ट्रान्सफरले सुरुदेखि नै परम्परागत रूपमानगद वा बैंकमार्फत मात्रप्राप्त हुने रेमिटेन्सलाई डिजिटलमाध्यमतर्फ रूपान्तरण गर्ने अभियानलाई प्राथमिकतामा राख्दै आएको छ। अबविदेशबाट पठाइएको रकम सिधै इसेवावालेट मा प्राप्त गर्नसकिने सुविधाले सेवाग्राहीहरूलाई उक्त रकमलाई ६,००० भन्दा बढीडिजिटल सेवाहरूमा प्रत्यक्ष रूपमा उपयोग गर्ने अवसर प्रदान गरेकोछ।

Garima Development Bank
Shivam Cement
IME remit

रेमिटेन्सप्राप्तकर्ताले आफ्नो रकम इसेवा वालेटमासुरक्षित रूपमा राख्न, डिजिटल भुक्तानी गर्न, मोबाइल रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट तथा टेलिभिजन शुल्कभुक्तानी गर्ने लगायत विभिन्न डिजिटल सेवाहरू सहज रूपमा उपयोगगर्न सक्ने व्यवस्था रहेको छ। यसले रेमिटेन्सप्राप्तिका लागि  लाइनमाबस्नुपर्ने परम्परागत प्रक्रियालाई क्रमशः डिजिटल तथा सहज प्रणालीतर्फरूपान्तरण गर्न महत्वपूर्ण भूमिकाखेलेको छ।

कम्पनीकाअनुसार,नगद-आधारित रेमिटेन्सप्रणालीबाट बैंक तथा वालेट-आधारित डिजिटल रेमिटेन्सतर्फको परिवर्तनमा ईसेवा मनि ट्रान्सफरको उल्लेखनीययोगदान रहेको छ।

आगामीदिनहरूमा कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय रेमिटेन्स नेटवर्कलाई अझ विस्तार गर्दैग्राहकहरूको डिजिटल अनुभवलाई थप प्रभावकारी बनाउनेतथा विश्वभर रहेका नेपालीहरूको आवश्यकतालाई केन्द्रमा राखी नवीन सीमापारवित्तीय सेवाहरू सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.