सोमबार, जेष्ठ ४,२०८३ 10:02:26
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:02:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमाले सचिवालय बैठक आज गुण्डुमा, संगठनात्मक जिम्मेवारी टुंग्याउने मुख्य एजेन्डा

Laxmi Sunrise Bank Limited
एमाले सचिवालय बैठक आज गुण्डुमा, संगठनात्मक जिम्मेवारी टुंग्याउने मुख्य एजेन्डा
Shivam Cement

काठमाण्डू, पार्टीको ११औँ महाधिवेशनपछि थाँती रहेका संगठनात्मक निर्णयहरूलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यसहित नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।  

अध्यक्ष केपी ओलीको निजी निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक शुरु हुने बैठकमा महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि पार्टीभित्र नेताहरूको जिम्मेवारी स्पष्ट रूपमा विभाजन हुन नसकेको अवस्थालाई अन्त्य गर्ने दबाबबीच सचिवालय बैठक निर्णायक मोडमा पुगेको बताइएको छ । 

Bizshala
New Office
CG Motors

संगठनात्मक संरचना प्रभावकारी बनाउने, निर्णय प्रक्रियालाई चुस्त बनाउने र पार्टी सञ्चालनलाई प्रणालीगत रूपमा अघि बढाउने विषयमा शीर्ष नेतृत्वबीच गहन छलफल हुने अपेक्षा गरिएको छ ।

एमाले स्रोतका अनुसार आजको बैठकको केन्द्रमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन अन्तिम रूप दिनु रहेको छ ।  

पार्टीले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने रणनीतिअन्तर्गत केन्द्रीय सदस्यहरूलाई प्रत्यक्ष रूपमा पालिका तहसम्म जिम्मेवारी दिने तयारी गरेको छ ।  

त्यसअनुसार हरेक केन्द्रीय सदस्यलाई निश्चित पालिकाको इन्चार्ज तोकिने योजना अघि बढाइएको छ, जसले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै संगठन विस्तारलाई गति दिने विश्वास गरिएको छ ।

यस योजनामार्फत एमालेले वडा, पालिका र जिल्ला तहसम्म पार्टी संरचना सक्रिय बनाउने तथा जनस्तरसम्म प्रभावकारी सम्पर्क सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ ।  

स्थानीय तहमा संगठनको उपस्थिति मजबुत बनाउँदै कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र राजनीतिक सन्देश प्रवाहलाई व्यवस्थित गर्ने रणनीति पार्टीले अपनाएको नेताहरूले बताएका छन् ।

बैठकमा केन्द्रीय विभाग, जनसंगठन तथा अन्य संगठनात्मक संरचनामा समेत जिम्मेवारी पुनर्वितरण गर्ने विषयले स्थान पाउने सम्भावना छ ।  

लामो समयदेखि नेतृत्वविहीन रहेका वा कार्यवाहक आधारमा सञ्चालन भइरहेका विभागहरूलाई पूर्णता दिने तयारी गरिएको छ ।  

संगठन विभाग, प्रचार विभाग, आर्थिक व्यवस्थापन तथा अन्य महत्वपूर्ण संरचनामा नयाँ जिम्मेवारी तोकिने वा पुनर्संरचना हुने संकेत गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

यसअघि जेठ २ गते तय गरिएको सचिवालय बैठक आवश्यक तयारी पूरा नभएको कारण स्थगित गरिएको थियो ।  

त्यसपछि आजका लागि पुनः बैठक बोलाइएको हो ।  

बैठकमा संगठनात्मक विषयसँगै समसामयिक राजनीतिक परिस्थिति, सरकार सञ्चालनको समीक्षा, पार्टीको आन्तरिक व्यवस्थापन तथा जनसरोकारका विषयहरूमा पनि छलफल हुने बताइएको छ ।

त्यसैगरी हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन तथा अन्य राजनीतिक गतिविधिहरूको विस्तृत समीक्षा गर्दै आगामी रणनीति तय गर्ने विषय पनि बैठकको कार्यसूचीमा समेटिएको छ ।

पार्टीले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने तयारीसमेत गरेको छ, जसले सचिवालयले लिने निर्णयलाई थप संस्थागत गर्ने अपेक्षा गरिएको छ ।

यसका अतिरिक्त सरकारले हालै हटाएका सुकुमबासी बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, भूमि समस्या तथा यसले जनतामा पारेको प्रभावबारे पनि विस्तृत समीक्षा हुने जनाइएको छ ।  

सरकारका पछिल्ला निर्णयप्रति देखिएको जनस्तरको प्रतिक्रिया, आर्थिक अवस्था, सार्वजनिक सेवा प्रवाहको स्थिति तथा समग्र राजनीतिक वातावरणबारे समेत नेताहरूले आ–आफ्ना धारणा राख्ने तयारी गरेका छन् ।  

एमाले स्रोतका अनुसार आजको बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशालाई स्पष्ट रूप दिने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.