मंगलवार, जेष्ठ ५,२०८३ 12:44:13
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:44:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोखराको मुख्य प्रवेशद्वारमा रहेका अव्यवस्थित टहरा हटाइयो

Laxmi Sunrise Bank Limited
पोखराको मुख्य प्रवेशद्वारमा रहेका अव्यवस्थित टहरा हटाइयो
Shivam Cement

काठमाण्डौं । पोखरा महानगरपालिका–१२ अन्तर्गत अमरसिंहचौर क्षेत्रमा वर्षौंदेखि सञ्चालन हुँदै आएका अस्थायी टहरा अन्ततः मङ्गलबार बिहान हटाइएका छन् ।  

महानगरपालिकाले शहरी व्यवस्थापन तथा सौन्दर्यीकरण अभियानलाई तीव्र बनाउँदै डोजर प्रयोग गरेर बाँकी संरचना हटाएको हो । 

Bizshala
New Office
CG Motors

यसअघि नै महानगरपालिकाले सूचना जारी गर्दै टहरा खाली गर्न निर्देशन दिएको थियो ।  

निर्देशनपछि धेरै व्यवसायीहरूले आफ्ना संरचना आफैं हटाएका थिए भने अटेर गरिएका तथा बाँकी रहेका टहरा नगर प्रहरीको निगरानीमा डोजर प्रयोग गरी हटाइएको जनाइएको छ ।

अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको दक्षिण किनारमा, पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा ५२ वटा अस्थायी टहरा निर्माण गरिएका थिए ।  

ती टहरामा चिया पसल, खाजा घर, फलफूल तथा विभिन्न साना व्यवसाय सञ्चालन हुँदै आएका थिए ।  

लामो समयदेखि उक्त स्थान व्यापारिक गतिविधिको केन्द्र बने पनि संरचनाहरू अव्यवस्थित ढंगले फैलिँदै जाँदा क्षेत्रको स्वरूप बिग्रिएको भन्दै आलोचना हुने गरेको थियो ।

पोखराको मुख्य प्रवेशद्वारको रूपमा परिचित अमरसिंहचौर क्षेत्र पर्यटक तथा बाहिरी जिल्लाबाट आउने यात्रुहरूको पहिलो नजर पर्ने स्थानमध्ये एक हो ।

तर, सडक किनारमै अव्यवस्थित रूपमा बनेका टहराका कारण शहरको सौन्दर्यमा नकारात्मक प्रभाव परेको महानगरपालिकाको ठहर छ ।

साथै विद्यालयको स्वामित्वमा रहेको सार्वजनिक प्रयोजनको जमिन निजी व्यवसायका लागि प्रयोग भइरहेको विषयलाई लिएर समय–समयमा प्रश्नसमेत उठ्दै आएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण, सडक क्षेत्रलाई व्यवस्थित बनाउने तथा दीर्घकालीन शहरी योजना कार्यान्वयन गर्ने उद्देश्यले टहरा हटाउने अभियान अघि बढाएको जनाएको छ । 

महानगरका अनुसार मुख्य राजमार्ग आसपास अनधिकृत रूपमा बनाइएका संरचनाले ट्राफिक व्यवस्थापन, पैदलयात्रु आवतजावत तथा वातावरणीय व्यवस्थापनमा समेत समस्या सिर्जना गरिरहेका थिए ।

टहरा हटाइएपछि अहिले अमरसिंहचौर क्षेत्र खुला, फराकिलो र व्यवस्थित देखिन थालेको छ ।  

स्थानीयवासीहरूले पनि शहरको मुख्य प्रवेश क्षेत्र अब थप सफा र आकर्षक बन्ने अपेक्षा व्यक्त गरेका छन् ।  

कतिपयले सार्वजनिक स्थानको संरक्षणका लागि महानगरपालिकाको कदम सकारात्मक भएको बताएका छन् भने विस्थापित व्यवसायीहरूले भने वैकल्पिक व्यवस्थापनको माग गरेका छन् ।

महानगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अवैध तथा अस्थायी संरचनामाथि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।  

शहरी सौन्दर्य कायम राख्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने तथा व्यवस्थित शहर निर्माण गर्ने अभियान अन्तर्गत यस्ता कार्यहरूलाई थप प्रभावकारी बनाइने महानगरपालिकाको भनाइ छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.