सोमबार, असार २२,२०८३ 08:04:46
Bizshala
  • सोमबार, असार २२,२०८३ 08:04:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, कारोबार रकम झण्डै दोब्बर

Laxmi Sunrise Bank Limited
तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, कारोबार रकम झण्डै दोब्बर

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको कुल मूल्य झण्डै दोब्बर पुगेको छ भने कारोबार संख्या, राजस्व संकलन तथा पूँजीगत लाभकरमा समेत उल्लेख्य वृद्धि भएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको तेस्रो त्रैमासमा कुल १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा खरिद–बिक्री भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम करिब १ खर्ब रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा घरजग्गा कारोबारको संख्या अघिल्लो वर्षको तुलनामा ६.४२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो।

लिखतपारित अन्तर्गतको कुल कारोबार संख्या ०.६२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो कारोबार ६.७१ प्रतिशतले घटेको थियो। त्यस्तै, लिखतपारित अन्तर्गतको राजीनामा कारोबार संख्या १२.१७ प्रतिशतले वृद्धि भएको छ, जबकि गत वर्ष यही अवधिमा यो ३.२६ प्रतिशतले घटेको थियो।

घरजग्गा कारोबार भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने कारोबार भएको क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो।

New Office
CG Motors
Garima Development Bank

माघदेखि चैतसम्म घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यही अवधिमा राजस्व वृद्धि १३.४७ प्रतिशत रहेको थियो। यसैगरी, घरजग्गा कारोबारबाट संकलित पूँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ, जुन गत वर्षको सोही अवधिमा १८.३१ प्रतिशत रहेको थियो।

घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा पनि ५.५५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा वृद्धि ७.५२ प्रतिशत रहेको थियो।

बागमतीमा सर्वाधिक वृद्धि, मधेशमा गिरावट

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ। विपरीत, मधेश प्रदेशमा यस्तो कारोबार ४।७९ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा भने कारोबार संख्या वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

कारोबार भएको कुल क्षेत्रफलको आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले वृद्धि भएको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको छ।

तेस्रो त्रैमासमा सातै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य बढेको छ। सबैभन्दा धेरै वृद्धि बागमती प्रदेशमा १३१.५२ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा २२.६७ प्रतिशत रहेको छ।

सातै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा धेरै कारोबार भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने मधेश प्रदेशमा २० आनाभन्दा बढी क्षेत्रफलका प्लटको कारोबार सबैभन्दा बढी भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

काठमाण्डौ महानगरमा उच्च वृद्धि

महानगरपालिकामध्ये काठमाण्डौ महानगरपालिकामा घरजग्गा कारोबार संख्या सबैभन्दा धेरै १०८.४२ प्रतिशतले बढेको छ। त्यसपछि पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगञ्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशत वृद्धि भएको छ।

छवटै महानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल पनि बढेको छ। क्षेत्रफल वृद्धिदर काठमाडौंमा ११९.८९ प्रतिशत रहेको छ भने भरतपुरमा २९.२१ प्रतिशत रहेको छ।

त्यस्तै, घरजग्गा कारोबारको कुल मूल्य पनि सबै महानगरपालिकामा बढेको छ। यसमध्ये काठमाण्डौ महानगरपालिकामा सबैभन्दा धेरै २२३.१२ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

उपमहानगरपालिकामा पनि कारोबार विस्तार

चालु आवको तेस्रो त्रैमासमा कलैया उपमहानगरपालिका बाहेक सबै उपमहानगरपालिकामा घरजग्गा कारोबार संख्या बढेको छ। बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै ५६.७९ प्रतिशत वृद्धि भएको छ भने कलैयामा कारोबार ६.९५ प्रतिशतले घटेको छ।

कारोबार भएको कुल क्षेत्रफल कलैया र नेपालगञ्ज बाहेक सबै उपमहानगरपालिकामा बढेको छ। तुलसीपुर उपमहानगरपालिकामा क्षेत्रफल ४२.७४ प्रतिशतले बढेको छ भने नेपालगञ्जमा ६८.२९ प्रतिशतले घटेको छ।

यसैगरी, घरजग्गा कारोबारको कुल मूल्य भने सबै ११ उपमहानगरपालिकामा बढेको छ। सबैभन्दा उच्च वृद्धि तुलसीपुर उपमहानगरपालिकामा १३४.४६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.