असारमा घरजग्गा कारोबारबाट करिब १२ अर्ब राजस्व संकलन, आव २०८२/८३ कै उच्च
काठमाण्डौ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्ष २०८२/८३ मा एकै महिनामा संकलन भएको सबैभन्दा धेरै राजस्व हो।विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार वैशाखमा रु ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ राजस्व संकलन भएको थियो, जुन आवकै दोस्रो उच्च मासिक संकलन हो।

