मंगलवार, श्रावण ५,२०८३ 08:36:47
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 08:36:47
Bizshala
Global IME Bank Limited

जानकी मन्दिरमा हर्क साम्पाङका कार्यकर्ता र हिन्दु सम्राट सेनाबीच तनाव

जानकी मन्दिरमा हर्क साम्पाङका कार्यकर्ता र हिन्दु सम्राट सेनाबीच तनाव
New Office

 

 काठमाण्डौ ।  जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव भएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न मन्दिर क्षेत्रमा पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले त्यहाँबाट हटाएका हुन्।

साम्पाङ मंगलबार पार्टीको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउने कार्यक्रम छ। जनकपुर पुगेपछि उनले जानकी मन्दिर दर्शन गर्ने तयारीसमेत गरेका थिए। उनी मन्दिर पुग्नुअघि स्वागतका लागि पुगेका कार्यकर्ताबीच विवाद भएको बताइएको छ।

हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईसम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउँदै उनको जनकपुर आगमनको विरोध गरेको छ। समूहले उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनीसमेत दिएको छ।

घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले गाई र धर्मको विषयलाई लिएर राजनीति गर्न खोजिएको टिप्पणी गर्दै घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

साम्पाङले जनकपुरमा विवाद उत्पन्न हुँदा गृहमन्त्रीसँग सम्पर्क गर्न खोजे पनि फोन बन्द रहेको दाबी गरेका छन्। उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रहसमेत गरेका छन्।

घटनाका कारण जानकी मन्दिर आसपास केही समय तनावको अवस्था सिर्जना भएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.