सोमबार, असार २२,२०८३ 08:07:55
Bizshala
  • सोमबार, असार २२,२०८३ 08:07:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारका प्राथमिकता र योजना समीक्षा गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Laxmi Sunrise Bank Limited
सरकारका प्राथमिकता र योजना समीक्षा गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी  मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  

बैठकमा सरकारका समसामयिक विषय, पछिल्लो राजनीतिक तथा प्रशासनिक गतिविधि, मन्त्रालयगत काम–कारबाहीको प्रगति र आवश्यक निर्णय प्रक्रियासम्बन्धी विषयमा छलफल हुने बताइएको छ । 

New Office
CG Motors
Garima Development Bank

नियमित कार्यसूचीसँगै सार्वजनिक सरोकारका मुद्दा तथा तात्कालीन निर्णय आवश्यक पर्ने विषयहरू पनि बैठकको एजेन्डामा समेटिने जनाइएको छ ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा सरकारको कामलाई अझ प्रभावकारी बनाउने, सेवा प्रवाह चुस्तदुरुस्त गर्ने तथा विकास निर्माणका परियोजनालाई तीव्रता दिने विषयमा जोड दिँदै आएका छन् ।  

सोही सन्दर्भमा बस्न लागेको आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सचिवालयका अनुसार बैठकमा मन्त्रालयहरूबाट आएका प्रस्तावहरू, नीतिगत निर्णय आवश्यक पर्ने विषय तथा समन्वय आवश्यक रहेका कामहरूको समीक्षा गरिनेछ ।  

साथै, सरकारको प्राथमिकता प्राप्त कार्यक्रमहरूको कार्यान्वयन अवस्था र आगामी योजनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.