मंगलवार, जेष्ठ ५,२०८३ 03:38:19
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:38:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

संसदमा रास्वपा सांसद कार्कीविरुद्ध यौन प्रकरणको प्रश्न, विवादित आरोपमाथि सभामुखको ध्यानाकर्षण

Laxmi Sunrise Bank Limited
संसदमा रास्वपा सांसद कार्कीविरुद्ध यौन प्रकरणको प्रश्न, विवादित आरोपमाथि सभामुखको ध्यानाकर्षण
Shivam Cement

काठमाण्डौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपापाकी सांसद पार्वती बिकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीविरुद्ध सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादित यौन प्रकरणबारे सदनमै प्रश्न उठाउँदै सभामुखको ध्यानाकर्षण गराएकी छन् ।  

उनले उक्त विषय गम्भीर प्रकृतिको भएकाले संसदभित्रै छलफल हुनुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

Bizshala
New Office
CG Motors

बैठकमा बोल्दै सांसद बिकले एक सत्तापक्षका सांसदले नाइजेरियाकी एक युवतीलाई काठमाडौँमा गर्भवती बनाएर पछि अलपत्र पारेको भन्ने आरोप विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा व्यापक रूपमा फैलिएको उल्लेख गरिन् ।  

उनले यस्तो प्रकारका घटनाले व्यक्तिगत चरित्र मात्र नभई मुलुककै छविमा समेत नकारात्मक असर पार्ने भएकाले संसदले यस विषयमा स्पष्टता दिनुपर्ने धारणा राखिन् ।

‘एक जना सत्तापक्षका सांसदले एक विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको भन्ने कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ,’ उनले भनिन्, ‘यसले अत्यन्तै पीडादायी अवस्था सिर्जना गरेको छ।  

अन्तर्राष्ट्रिय रूपमा नेपाली नागरिकप्रति बनिने धारणा र हाम्रो देशको छविमा समेत प्रश्न उठ्न सक्छ।’

सांसद बिकले घटनाबारे सत्य–तथ्य के हो भन्नेबारे संसदलाई औपचारिक जानकारी दिन सभामुखसँग आग्रह गरिन् । 

Garima Development Bank
Shivam Cement
IME remit

उनका अनुसार यदि आरोप प्रमाणित भएमा सम्बन्धित सांसदलाई कानूनी तथा राजनीतिक दुवै रूपमा जवाफदेही बनाइनुपर्ने आवश्यकता छ ।

‘हामी सबैलाई निगरानीमा राखिएको हुन्छ, हामी सबै काँचको सिसाभित्र छौँ,’ उनले भनिन्, ‘यस्ता विषयमा गम्भीरता देखाउनुपर्ने थियो, तर त्यो देखिएन।’

सामाजिक सञ्जालमा फैलिएको आरोपअनुसार नाइजेरियाकी एक युवतीले आफूलाई काठमाडौँको ठमेल क्षेत्रमा सांसद कार्कीले गर्भवती बनाएर अलपत्र पारेको दाबी गरेकी छन् ।  

तर, सांसद कार्कीले यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

मोरङ–२ बाट निर्वाचित सांसद कार्कीमाथि उठेको यो विवादले संसदभित्र पनि बहस र चासो बढाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.