शनिबार, असार २८,२०८२ 01:00:42
  • शनिबार, असार २८,२०८२ 01:00:42
Global IME Bank Limited

सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठी सम्पन्न

Hyundai Nepal
सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठी सम्पन्न
Shivam Cement

काठमाण्डौ । राजधानीमा सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा नहुँदा देश विकसित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  

पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा  काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा.मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर के आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभए सम्म देशले फड्को नमार्ने बताए । उनले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा समेत जोड दिए ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज जालानले वर्तमान परिप्रेक्ष्यमा सूचना प्रविधि सम्बन्धी व्यवहारिक शिक्षाको महत्वमा जोड दिएका थिए ।

CG Motors
Muktinath Bikas Bank Limited

काठमाण्डौ विश्वविद्यालयका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्राध्यापक डा. सुदन झाले दिगो विकास परियोजना को लक्ष्य र औद्योगिक क्रान्तिबीचको खाडल पुर्नका लागि शिक्षाले नै भूमिका खेल्ने बताए ।  

लिङ्कन कलेजका अनुसन्धान प्रमुख डा. सुरेन्द्र न्यौपानेले अनुकूल क्षमता र द्रुत कुशलताले नै सूचना प्रविधिमा फड्को मार्न सक्नेमा जोड दिए ।  

कार्यक्रममा व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता र विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा अनुसन्धानकर्ताहरूका साथै सोही कलेजमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले आ आफ्नो अनुसन्धान प्रस्तुत गर्दै नयाँनयाँ प्रवृत्ति र विकासका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको अनुसन्धान समेटिएको जर्नल पनि लोकार्पण गरिएको थियो । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X