Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एनएमबि बैंकको ११ औं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न

Global IME Bank Limited
एनएमबि बैंकको ११ औं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंकले ११ औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वैशाख ५ गते बुधवारको दिन बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरि हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’भन्ने मूल नाराको साथ ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, बैंंकका अध्यक्ष मनोज कुमार गोयल, सञ्चालक जीवनकुमार कट्वाल, उत्तमभ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका,बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी.,किर्तिपुर महानगरपालिका प्रतिनिधिहरु,बैंकका कर्मचारीलगायत सर्वसाधारणहरु गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्रचार्यको उपस्तथिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई रु ५ लाखको सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।  

बैंकले प्रदेश नं. १ मा इटहरी चोकदेखी रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखादेखी राम मन्दिर,चितवनमा भरतपुर शाखादेखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोलपार्कदेखी सिद्धबाबा मन्दिरसम्म र कर्णाली प्रदे्रश र सुदूरपश्चिम प्रदेशमा सुर्खेत शाखादेखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखादेखी सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखादेखी कृष्ण मन्दिर सम्म एकै साथ ११ औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।  

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एशियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्त गरिसकेको छ ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८६ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.