काठमाण्डौ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सर्वोच्च छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) एक नयाँ र महत्त्वपूर्ण मोडमा प्रवेश गरेको छ। महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेर कीर्तिमान राखेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएकी छन् । । उनको बहिर्गमनपश्चात् वरिष्ठ उपाध्यक्ष एवं नेपालका स्थापित साइबर सुरक्षा अभियन्ता चिरञ्जीवी अधिकारीले बाँकी कार्यकालका लागि आधिकारिक रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
यो उच्च-स्तरीय नेतृत्व परिवर्तन नेपालको तीव्र गतिमा विकास भइरहेको डिजिटल इकोसिस्टमका लागि निकै महत्त्वपूर्ण समयमा भएको छ। यति बेला नेपालले एकातिर अटोमेसन (स्वचालन) र डिजिटल रुपान्तरणको ठूलो अवसरलाई आत्मसाथ गरिरहेको छ भने अर्कोतिर क्लाउड सेक्युरिटी र भल्नराबिलिटी (सुरक्षा संवेदनशीलता) जस्ता चुनौतीको सामना गरिरहेको छ। यस्तो अवस्थामा राष्ट्रिय डिजिटल नीति र धरातलीय कार्यान्वयनबीचको ठूलो खाडललाई पुर्नप्राविधिक क्षेत्रले अधिकारीको परिपक्व नेतृत्वप्रति ठूलो भरोसा राखेको छ।

