Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक

Global IME Bank Limited
सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक
Nabil Bank Limited

काठमाण्डौ । हङकङले भारतका दुईवटा मसला कम्पनीका मसलाहरुमा प्रतिबन्ध लगाएको छ । हङकङको खाद्य सुरक्षा विभागले एमडीएच प्राइभेट लिमिटेड र एभरेष्ट प्रोडक्ट्स लिमिटेडका करी मसलाहरुको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।  

विभागले यी दुवै कम्पनीका मसलाहरुमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै भेटिएकाले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  

यी प्रडक्टहरुमा उल्लेख गरिएको किटनाशकको मात्रा धेरै भएकाले यसले क्यान्सर हुने खतरा बढी हुने जनाइएको छ । हङकङले प्रतिबन्ध लगाउनुअघि सिंगापुरले पनि यहि कारण एभरेष्ट मसलाको फिश करी मसलालाई बजारबाट फिर्ता मगाउने निर्देशन जारी गरेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हङकङको खाद्य सुरक्षा विभागले एमडीएम ग्रुपको तीनवटा मसला–मिक्स मद्रास करी पाउडर, साम्भर मसला पाउडर र करी पाउडरमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै पाइएको जनाएको छ । यस्तै नियमित जाँचका क्रममा एभरेष्टको फिस करी मसलामा पनि यो किटनाशकको मात्रा अधिक पाइएको विभागले जनाएको छ । 

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर ले एथिलीन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनको रुपमा बर्गिकरण गरेको छ । खाद्य नियमनका अनुसार मानव उपभागका लागि पेस्टिसाइड भ्रएको खाद्य प्रदार्थ त्यति बेला मात्रै बिक्री गर्न मिल्छ,जतिबेला उक्त खाद्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हुँदैन । -एजेन्सी     


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.