काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फको उपसभापति पदका लागि दाबेदारी प्रस्तुत गरेका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।
पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था रहेको छ।
यसअघि नै पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
रास्वपाले आगामी कार्यसमितिका बाँकी पदहरूमा आन्तरिक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

