Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एचआईडीसीएलको १.७८ करोड कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने

Global IME Bank Limited
एचआईडीसीएलको १.७८ करोड कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने
Nabil Bank Limited

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामा राखिएको १ करोड कित्ता बढी संस्थापक सेयरको बोलपत्र भोलि खोलिने भएको छ ।  

उक्त गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा खोलिने छ । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर गत चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको थियो ।  

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने व्यवस्था गरिएको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको सेयर खरिद गर्ने सेयरधनीहरु समूह ‘क’ को उपसमूह ‘क–२’ अन्तर्गतको अन्य संस्थापक उप–समूहमा रहने कम्पनीले जनाएको छ । उक्त सेयर बाँडफाँड भई नेप्सेमा सूचीकरण भएपश्चात ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न योग्य हुने कम्पनीले उल्लेख गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.