सोमबार, असार १५,२०८३ 01:36:45
Bizshala
  • सोमबार, असार १५,२०८३ 01:36:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोशी र बागमतीका मुख्य राजमार्ग प्रभावित, केही पूर्ण बन्द केही आंशिक सञ्चालनमा

Laxmi Sunrise Bank Limited
कोशी र बागमतीका मुख्य राजमार्ग प्रभावित, केही पूर्ण बन्द केही आंशिक सञ्चालनमा

काठमाण्डौ । बाढी, पहिरो र सडक मर्मत कार्यका कारण कोशी र बागमती प्रदेशका प्रमुख राजमार्गहरूमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।

सोमबार बिहान ८ बजेसम्मको पछिल्लो विवरणअनुसार विभिन्न स्थानका सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही मार्गमा सीमित मात्रामा सवारी सञ्चालन भइरहेको छ।

New Office
CG Motors
Garima Development Bank

कोशी प्रदेशमा यातायात प्रभावित

कोशी प्रदेशअन्तर्गत इलाम जिल्लामा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।  

इलाम नगरपालिका–९ स्थित राजदुवाली क्षेत्रमा असार १३ गतेदेखि लगातार खसेको पहिरो अझै हटाउन नसकिएकाले सो सडक खण्ड पूर्ण रूपमा बन्द रहेको हो।

त्यसैगरी, भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित बनेको छ।  

वैशाख १२ गतेदेखि अवरुद्ध रहेको उक्त सडक हाल आंशिक रूपमा मात्र सञ्चालनमा रहेको छ।  

स्थानीय प्रशासनले जोखिम न्यूनीकरणका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याएको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बागमती प्रदेशमा मुख्य सडकमा रोक

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ।

खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनलाई उक्त सडक प्रयोग गर्न नदिइएको हो।  

यो निर्णय असार २२ गतेदेखि लागू गरिएको हो।

यस्तै, मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत पर्ने महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य जारी रहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक पूर्ण रूपमा बन्द गरिएको छ।  

जेठ १५ गतेदेखि बन्द गरिएको उक्त सडक मर्मत कार्य पूरा नभएसम्म सञ्चालनमा नआउने बताइएको छ।

सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दा तथा यात्रुहरूलाई ठूलो असुविधा भएको छ।  

सम्बन्धित निकायले वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.