Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर

Global IME Bank Limited
यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज बजार घट्दा १० वटा ब्रोकरबाट उच्च कारोबार भएको छ । जसमा पहिलो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ । यो ब्रोकरबाट खरिद भन्दा पनि बिक्री बढी गरेको छ । यो ब्रोकरबाट करिब १७ करोडको बिक्री भएको छ भने करिब १३ करोडको मात्रै खरिद भएको छ ।  

उच्च कारोबार गर्नेको दोस्रो स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) रहेको छ । नासा सेक्युरिटिजबाट खरिद बढी भएको छ । यो ब्रोकरबाट १२ करोड १० लाखबराबरको खरिद भएको छ भने १० करोड १७ लाखबराबरको बिक्री भएको छ । तेस्रोमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) रहेको छ । यो ब्रोकरबाट बिक्री बढी भएको छ । यो ब्रोकरले १० करोड ७४ लाखको बिक्री गरेको छ भने ७ करोड ६० लाखको खरिद गरेको छ ।  

चौथोमा सनी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४२) को खरिद बढी रहेको छ । यो ब्रोकरबाट ९ करोड १४ लाखको खरिद भएको छ भने ७ करोड ८० लाखबरारको बिक्री भएको छ ।  

५ औंमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) रहेको छ । यो ब्रोकरबाट बिक्री बढी भएको छ । यो ब्रोकरबाट ६ करोड ७६ लाखको खरिद भएको छ भने ७ करोड २७ लाखको बिक्री भएको छ । छैटौंमा रहेको लिञ्च सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१) बाट बिक्री बढी भएको छ । यो ब्रोकरबाट ६ करोडबराबरको खरिद भएको छ भने ७ करोड ९२ लाखबराबरको बिक्री भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

७ औं स्थानमा रहेको दीप शिखा  धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) बाट खरिद बढी भएको छ । यो ब्रोकरबाट ६ करोड ४२ लाखको खरिद भएको छ भने ४ करोड ३५ लाखको बिक्री भएको छ ।  

८ औंमा क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६२ को पनि खरिद बढी रहेको छ । यो ब्रोकरले ७ करोड ४६ लाखको खरिद गरेको छ भने ४ करोड ३२ लाख रुपैयाँको विक्री गरेको छ । नबौं नम्ँबरमा सूमेरु सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३९ को पनि खरिद बढी रहेको छ । यो ब्रोकरको ६ करोड ४७ लाखको खरिद रहेको छ भने करिव ५ करोडको बिक्री रहेको छ । दसौं नम्बर आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ को बिक्री बढी रहेको छ । यो ब्रोकरको ५ करोड ४५ लाखको खरिद रहेको छ भने ५ करोड ८२ लाखको बिक्री रहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.