मंगलवार, असार १६,२०८३ 08:10:12
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:10:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिएफओ कन्फेरेन्स २०२६ सम्पन्न

Laxmi Sunrise Bank Limited
सिएफओ कन्फेरेन्स २०२६ सम्पन्न

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० ले आयोजना गरेको सिएफओ कन्फेरेन्स २०२६ सम्पन्न भएको छ । वित्तीय क्षेत्रमा कार्यरत प्रमुख बित्त अधिकृतहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा वित्तीय नेतृत्व र यसका विभिन्न आयामहरुका बारेमा चर्चा गरिएको थियो ।

'Leading Beyong Finance, Shaping the Future ' थिमलाइन दिईएको सो कन्फेरेन्समा विभिन्न क्षेत्रका प्रमुख बित्त अधिकृत ९ऋँइ०, उद्योगी–व्यवसायी, नीतिनिर्माता, वित्त तथा व्यवस्थापन विज्ञ, चार्टर्ड एकाउन्टेन्ट र पेशागत प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा बदलिँदो आर्थिक परिवेशमा वित्तीय नेतृत्वको भूमिका, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, नवप्रवर्तन तथा दिगो व्यवसायिक विकासका विषयमा चर्चा गरिएको थियो ।

कन्फेरेन्समा सहभागी बक्ताहरुले भविष्यका चुनौती सामना गर्न वित्तीय नेतृत्वलाई तथ्यमा आधारित निर्णय गर्नुपर्ने, प्रविधिको प्रभावकारी प्रयोग गरिनुपर्ने र अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल गरिनुपर्ने विभिन्न विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष सिए निल बहादुर सारुमगरले नेपालको आर्थिक समृद्धिमा सीएफओको रुपमा कार्यरत सिएहरुको भूमिका उल्लेखनीय रहेको बताए । सीएफओको भूमिकामा देशभरका विभिन्न संघ संस्थाहरुमा सिएहरुले सराहनीय काम गरेको बताउँदै उनले सिएफओका रुपमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरुको वृद्धि बिकासमा आइक्यानले गर्नुपर्ने हरेक खालका कार्यक्रमका लागि आइक्यान तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै सिए रत्न राज बज्राचार्यले आफ्नो व्यवसायिक जीवनको अनुभवसमेत सुनाएका थिए । सिएफओका रुपमा कार्यरत सिएहरु निकै लगनशील रहेको उल्लेख गर्दै उनले बदलिँदो परिवेशसँगै सिएहरुले पनि आफुलाई थप परिस्कृत बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मनोज कुमार ज्ञवालीले पछिल्ला दिनमा सीएफओहरुको भूमिकामा बृहत परिवर्तन आईसकेकाले सिएफओहरु प्राविधिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिए । अवका दिनमा हरेक सीएफओहरुले आफुलाई संस्थाको सिइओ नै सम्झेर काम गर्नुपर्ने बताउँदै ज्ञवालीले सीएफओले लेखासँग सम्बन्धित कामहरुमा मात्र भन्दा पनि संस्थाको बृहत्तर बिकास र प्रगतिका लागि सोच्नुपर्ने बताए ।

कन्फेरेन्समा 'Building the Financial Infrastructure MCFO at the Crossroads bridging the gaps' प्यानल डिस्कसनसमेत भएको थियो ।

New Office
CG Motors
Garima Development Bank
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.