काठमाण्डौ । सरकारले देशका सबै निजी तथा सरकारी अस्पतालहरुमा अनिवार्य रुपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वास्थय विभागले स्तनपान कक्ष स्थापना तथा संचालन कार्यविधि, २०८० बमोजिम निजी तथा सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुमा आपतकालिन अवस्थामा सहज तरिकाले स्तनपान कक्ष संचालन गर्न निर्देशन दिएको हो ।
विभागले सम्पूर्ण अस्पतालहरुले अनिवार्य रुपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रुपमा यथाशिघ्र संचालन गर्न निर्देशन दिएको हो ।

