शनिबार, श्रावण २,२०८३ 08:36:18
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:36:18
Bizshala
Global IME Bank Limited

दक्षिणी चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, ९ जना बेपत्ता

दक्षिणी चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, ९ जना बेपत्ता
New Office

काठमाण्डौ  । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ भने ९ जना अझै बेपत्ता रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

यस हप्ता दक्षिणी तथा मध्य चीनमा चरम मौसमी प्रकोपका कारण ठूलो क्षति भएको छ। गुआङ्सी क्षेत्रमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित बनाएको जनाइएको छ। पछिल्लो समय ‘बावी’ नाम दिइएको आँधी पूर्वी प्रान्ततर्फ अघि बढिरहेको बताइएको छ।

चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार लिउलन जलाशयको बाँध भत्किएपछि आएको बाढीका कारण २६ जनाको मृत्यु भएको थियो भने ७ जना अझै बेपत्ता छन्।

बाढीका कारण फसेका मानिसहरूलाई उद्धार टोलीले ठूला ड्रोनमार्फत खाना तथा आवश्यक सामग्री पुर्‍याइरहेको जनाइएको छ। जलाशयबाट पानी अझै तीव्र रूपमा बगिरहेको बताइएको छ।

सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा जलाशय बाँधको भत्किएको कन्क्रिट पर्खालबाट पानीको ठूलो धार बगिरहेको देखिन्छ। उद्धारकर्मीहरू डुङ्गामार्फत प्रभावित क्षेत्रमा परिचालन भएका छन्।

एएफपीका अनुसार लिउलनका बासिन्दाहरू आफ्ना भत्किएका घर सफा गरिरहेका छन्। कतिपयले क्षतिग्रस्त घरायसी सामग्री निकाल्न उपकरणसमेत प्रयोग गरिरहेका देखिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.