शनिबार, श्रावण २,२०८३ 08:25:04
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:25:04
Bizshala
Global IME Bank Limited

संसदीय सुनुवाइ समितिद्वारा निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको सुनुवाइ प्रक्रिया सुरु

संसदीय सुनुवाइ समितिद्वारा निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको सुनुवाइ प्रक्रिया सुरु
New Office

काठमाण्डौ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा आयुक्त पदका लागि सिफारिस भएका राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित पदाधिकारीहरूबारे सार्वजनिक सूचना प्रकाशित गरी १० दिनभित्र आधारसहित उजुरी वा जानकारी पेश गर्न आह्वान गरिएको छ। सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट उजुरी वा सूचना दर्ता गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।

समितिले आगामी साउन ५ गते बस्ने बैठकमा प्राप्त उजुरीहरू खोल्ने तथा अध्ययनका लागि सदस्यहरूलाई वितरण गर्ने कार्यतालिका तय गरेको छ।

बैठकका क्रममा विपक्षी दलका सांसदहरूले सुनुवाइ प्रक्रिया पर्याप्त तयारी र स्थापित संसदीय अभ्यासअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका थिए। समिति सदस्य पद्मा अर्यालले एकै दिनमा प्रक्रिया अघि बढाउँदा सुनुवाइको प्रभावकारितामा असर पर्न सक्ने भन्दै प्रक्रियागत मापदण्डलाई पूर्ण रूपमा पालना गर्नुपर्ने धारणा व्यक्त गरिन्।

त्यस्तै, समिति सदस्य वर्षमान पुनले पनि संसदीय सुनुवाइको विगतको अभ्यास र स्थापित प्रक्रियाअनुसार नै प्रक्रिया अघि बढाउन सुझाव दिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.