शुक्रबार, असार २६,२०८३ 02:04:57
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 02:04:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डोल्पादेखि सिंहदरबारसम्म ई–पेन्सन सेवा, अब किताबखाना धाउन नपर्ने

Laxmi Sunrise Bank Limited
डोल्पादेखि सिंहदरबारसम्म ई–पेन्सन सेवा, अब किताबखाना धाउन नपर्ने

 

काठमाण्डौ । निजामती सेवाबाट अवकाश पाउने कर्मचारीले पेन्सनपट्टा बनाउन काठमाडौंस्थित निजामती किताबखाना धाउनुपर्ने बाध्यता हट्न थालेको छ। किताबखानाले ई–पेन्सन सेवा विस्तार गरेसँगै दुर्गम जिल्लाका कर्मचारीले पनि आफू रहेकै स्थानबाट पेन्सनपट्टा प्राप्त गर्न थालेका छन्।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कार्यरत सुउलाला रोकाया गत साता सेवाबाट अवकाश पाए। यसअघि पेन्सनपट्टा बनाउन आवश्यक कागजात बोकेर काठमाडौं आउनुपर्ने भए पनि उनले डोल्पा सदरमुकाम दुनैस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाटै ई–पेन्सनपट्टा प्राप्त गरे।

डोल्पाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख जगत घर्तीले रोकायालाई पेन्सनपट्टाको विवरण हस्तान्तरण गरेका थिए। आफ्नै जिल्लाबाट सेवा पाएपछि काठमाडौं आउजाउमा लाग्ने समय र खर्च बचत भएको भन्दै रोकायाले खुसी व्यक्त गरे।

ई–पेन्सन प्रणालीमार्फत अवकाशपछि कर्मचारीले पाउने पेन्सन तथा अन्य सुविधा उनीहरूले उपलब्ध गराएको बैंक खातामै जम्मा हुनेछ। कर्मचारीले कुन शीर्षकमा कति रकम प्राप्त भयो भन्ने विवरणसमेत अनलाइनबाट हेर्न सक्नेछन्।

निवर्तमान मुख्यसचिव सुमनराज अर्यालले पनि आफ्नै कार्यालयबाट ई–पेन्सनपट्टा लिएका छन्। उनले आवश्यक कागजात अनलाइनमा अपलोड गरी डिजिटल प्रक्रियाबाट पेन्सनपट्टा प्राप्त गरेका हुन्।

निजामती किताबखानाले देशभरका कोष तथा लेखा नियन्त्रण कार्यालयलाई सेवा इकाइका रूपमा प्रयोग गर्दै ई–पेन्सन सुविधा विस्तार गरिरहेको छ। गत सातादेखि डोल्पाको दुनैबाट पनि सेवा सुरु भएपछि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी तत्काल लाभान्वित भएका हुन्।

New Office
CG Motors
Garima Development Bank

निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार ई–पेन्सन ‘फेसलेस सेवा’ विस्तारको एउटा हिस्सा हो।

“अब पेन्सनपट्टा बनाउन सबै कागजात जम्मा गरेर किताबखानामै धाउनुपर्दैन,” उनले भने, “आवश्यक कागजात अनलाइनमा अपलोड गरेपछि कर्मचारी बसेकै स्थानबाट पेन्सनपट्टा तयार हुन्छ।”

किताबखानाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, कालिकोट र दार्चुलालगायत जिल्लाबाट पनि ई–पेन्सन सेवा उपलब्ध हुन थालेको छ।

ई–पेन्सन लागू भएसँगै पुरानो शैलीको पेन्सनपट्टा पुस्तिका वितरण बन्द गरिने भएको छ। अवकाशप्राप्त कर्मचारीले अनलाइनमा विवरण भरेपछि प्राप्त हुने कागजात प्रिन्ट गरी पेन्सनपट्टाको प्रमाणका रूपमा प्रयोग गर्न सक्नेछन्।

ई–पेन्सन सेवा सुरु भएयता निजामती किताबखानाले ५६२ कर्मचारीलाई डिजिटल पेन्सनकार्ड उपलब्ध गराइसकेको छ। चैत ८ गतेदेखि हालसम्म करिब सात सय कर्मचारीले पेन्सन सुविधा लिएकामा अधिकांशले डिजिटल प्रणाली प्रयोग गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निवर्तमान मुख्यसचिव अर्यालसहित हालै अवकाश प्राप्त सचिवहरू कृष्णहरि पुस्कर र प्रमिलादेवी बज्राचार्यले पनि आफ्नै कार्यालयबाट ई–पेन्सन सुविधा लिएका छन्। उनीहरू र किताबखानाका कर्मचारीबीच प्रत्यक्ष भेटघाटसमेत आवश्यक परेन।

आफैं अनलाइन फाराम भर्न सक्ने कर्मचारीले जुनसुकै स्थानबाट आवेदन दिन सक्छन्। डिजिटल फाराम भर्न नसक्ने कर्मचारीलाई भने सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयले सहजीकरण गर्ने व्यवस्था गरिएको छ।

अझै करिब २० प्रतिशत कर्मचारी पेन्सनपट्टाका लागि निजामती किताबखाना नै पुग्ने गरेको महानिर्देशक पोखरेलले बताए। उनीहरूलाई पनि क्रमशः अनलाइन प्रणाली प्रयोग गर्न प्रोत्साहित गरिने किताबखानाको योजना छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.