Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्ताको यस्तो छ बजार रणनीति, भन्छन्‘ बजारमा स्मार्ट मनि पस्यो’

Global IME Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ताको यस्तो छ बजार रणनीति, भन्छन्‘ बजारमा स्मार्ट मनि पस्यो’
Nabil Bank Limited

काठमाण्डौ । हामीले संधैको साता जस्तै आज पनि विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको मनोविज्ञान नियाल्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज बजार खुलेदेखि नै बढेर कारोबारको थालनी भएको थियो । लामो समयदेखि बजार सुस्ताएकाले हिजोआज ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति निकै पातलो पाइन्छ ।

आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पसेर लगानीकर्ताहरुको विचार र मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं । हामीले यसको थालनी अनामनगरमा रहेको कालिका सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४६) बाट सुरु गरेका थियौ । यस ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति राम्रै नै थियो । सुरुवाति चरणमा आज बजार सामान्य अंकले तल माथि गरेको थियो ।

त्यसैले लगानीकर्ताहरुको ध्यान सेयर बजारतर्फ खासै देखिएको थिएन । केही लगानीकर्ताहरु बजार नियाल्न भन्दा पनि नेपाल र वेष्ट इण्डिज‘ए’बीचको क्रिकेट म्याच हेर्नमा व्यस्त थिए । केही भने आफ्नो कम्प्युटरमा प्राविधिक विश्लेषणको चार्टसहित बजारको अवस्था नियाल्नमा व्यस्त देखिन्थे । यत्तिकैमा एक लगानीकर्ताले भने,‘बजार अघिल्लोपटक पनि १९४७ आसपासबाट फर्किएको थियो । यो पटक पनि त्यही विन्दुमा आएर फर्केको छ ।’ उनले विभिन्न इन्डिकेटर लगाउँदै भने,‘बजारमा बुलिस डाइभर्जेन्स बनि सकेको छ । कुनै पनि बेला बजारले माथिको यात्रा तय गर्न सक्छ ।’

‘नेपालमा प्राविधिक विश्लेषणले काम गर्दैन साथी । हेर्न छोडि दिनुस् ।’ उनीसँगै बसेका लगानीकर्ताले भने । ती लगानीकर्ताले चार्ट देखाउँदै भने ‘बजारमा ४÷५ दिनदेखि एक्युमुलेशन भएको छ । यो भनेको बजारमा स्मार्ट मनि बजार पसेको छ भन्ने हो । तपाईहरु मान्नुस वा नमान्नुुहोस बजारमा स्मार्ट मनि पसि सक्यो । विभिन्न इन्डिकेटरमा बुलिस डाइभर्जेन्स बनिसकेको छ ।’ ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । यस बेला दिनको १२ बजेको थियो । बजार झिनो अंकले तल माथि गर्दै थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केही समयको बसाई पछि हामी अनामनगरमै रहेको दीप शिखा धितोपत्र ब्रोकर (स्टक ब्रोकर नम्बर ३८) मा पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो । यहाँ भेटिएका केही लगानीकर्ताहरुमा पनि बजारलाई लिएर अन्यौलता व्याप्त थियो । लगानीकर्ताको भिडबाट एक जनाले अब बजार धेरै नघट्ने भनेको सुनियो । ‘बजारमा लो क्याप नै चल्ने देखिएको छ । आज फाइनान्स बढेका छन । अब केही दिनमा सिमेन्ट कम्पनी पनि चल्छन् । त्यस पछि विस्तारै लो क्यापकै हाइड्रो कम्पनीहरु चल्ने हुन् ।’ उनले भने ।  

हामी दीप शिखा सेक्युरिटिजमै रहेका बेला दिनको १ बजि सकेको थियो । बजार अझै पनि झिनो अंकले तल माथि गर्दै थियो ।  

यस्तैमा हामी अनामनगरकै आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौं । यहाँ पनि केही लगानीकर्ताहरु नेपालको क्रिकेटको भरपुर मनोरञ्जन लिईरहेका थिए । खेलका क्रममा बीच बीचमा प्रहार भईरहेका चौका छक्कामा लगानीकर्ता हुटिङ गरिरहेका थिए । कोहि लगानीकर्ता भने बजारको पट्यारलाग्दो उतारचढावका कारण हाई काढेर बसेका थिए ।  

हामीले केही लगानीकर्तासँग बजारको बिषयमा जिज्ञासा पनि राख्यौं । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरुमा पनि बजारको आगामी दिशाका बारेमा अस्पष्टता र अन्यौलता रहेको पाइयो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजार बढेर २ हजारभन्दा माथि गएको खण्डमा भने बजार पस्ने सोचमा रहेको बताए । उनले भने,‘२  हजारमा पस्ने हो । २२ सयमा निस्कने हो । अहिलेलाई यति जाने पुग्छ । बजारमा स्मार्ट मनि पस्दै छ भन्छन् । हामी पनि तिनीहरुसँगै चल्नु पर्छ अब’ उनले भने ।  

आज डेढ बजे पछि सम्हालिएको बजार अन्त्यमा करिब १५ अंकले बढेर बन्द भयो ।  


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.